images
images

एनसेल ‘बिज सधैँ अन’ ग्राहकका लागि लायन्स्गेट प्ले, मनोरञ्जन प्रेमीहरूका लागि मूख्य गन्तव्य बन्ने

एनसेल ‘बिज सधैँ अन’ ग्राहकका लागि लायन्स्गेट प्ले, मनोरञ्जन प्रेमीहरूका लागि मूख्य गन्तव्य बन्ने

मंगलवार, साउन १५ २०८१
मंगलवार, साउन १५ २०८१
  • एनसेल ‘बिज सधैँ अन’ ग्राहकका लागि लायन्स्गेट प्ले, मनोरञ्जन प्रेमीहरूका लागि मूख्य गन्तव्य बन्ने

    काठमाडौँ / एनसेलले ‘सधैँ अन’ प्रतिको प्रतिबद्धता बमोजिम आफ्ना ‘बिज सधैँ अन’का ग्राहकहरूलाई उच्च गुणस्तरको कन्टेन्टहरू प्रदान गर्नका लागि लायन्स्गेट प्लेसँग सहकार्यको थालनी गरेको छ ।

    images
    images

    लायन्स्गेट प्ले लायन्स्गेट इण्डिया र स्टार्जबाट पाइने एक प्रिमियम स्ट्रिमिङ सेवा हो । यस प्लेटफर्ममा दर्शकहरूलाई बाँधि राख्ने खालका फ्रान्चाइजी, प्रिमियरहरु लगायता थुप्रै प्रिमियम कन्टेन्टहरुको ठूलो लाइब्रेरी रहेको छ ।

    यस सहकार्यको उद्देश्य बिज सधैँ अनको सदस्यता लिएका ग्राहकहरूलाई बन्डल सेवाका रूपमा विशेष सामाग्रीहरुमा पहुँच दिएर उनीहरूको अनुभव अभिवृद्धि गर्दै ग्राहक संलग्नता र सन्तुष्टि बढाउनु हो ।

    ‘बिज सधैँ अन’को सुरुवात पश्चात यस प्लेटफर्ममा पहुँच लिइसकेका ग्राहकहरूको प्रतिक्रिया उत्साहजनक रहेको छ ।  

    “लायन्स्गेट प्ले हाम्रा ‘बिज सधैँ अन’का ग्राहकहरुका लागि एकदमै विशेष अफर हो । एक प्रकारले यो एक विशेष टिकट नै हो जसले हाम्रा ग्राहकहरूलाई विश्वको अग्रणी पब्लिकल्ली ट्रेडेड कन्टेन्ट कम्पनीहरूमध्येको एक लायन्स्गेटको वृहद् संग्रहमा पहुँच दिन्छ,” एनसेलका हेड अफ बिजनेश सोलुसन्स् रञ्जन शर्माले भने, “स्ट्रिमिङ पार्टनरका रूपमा लायन्स्गेटसँग सहकार्य सुरु भएपछि हालसम्म हामीले हाम्रा बिज सधैँ अनका ग्राहकहरूबाट यस प्लेटफर्मका बारेमा धेरै नै सकारात्मक प्रतिक्रिया प्राप्त गरेका छौँ ।”

    लायन्स्गेट प्लेले विभिन्न विधाहरूमा थुप्रै प्रकारका स्वाद र प्राथमिकताका सामग्रीहरूमा पहुँच प्रदान गर्दछ । यसमा हलिउडका हिट फिल्महरूदेखि लिएर, टिभी सोहरू, लायन्स्गेट व्यानरमा बनेका ओरिजिनल कन्टेन्टहरू, वृत्तचित्रहरू, बालबालिका र पारिवारिक सामाग्रीहरू र विश्वका दर्शकहरूले मन पराउने अन्तरराष्ट्रिय चलचित्रहरू रहेका छन् । 
      
    “विश्वस्तरिय स्ट्रिमिङको अनुभव प्रदान गर्दै एनसेलसँगको सहकार्यमा नेपालमा लायन्स्गेट प्ले ल्याउन पाउँदा हामी हर्षित छौँ,” लायन्स्गेट प्ले एसियाका अध्यक्ष, रोहित जैनले भने । “समिक्षकहरूले प्रशंसा गरेका विभिन्न चलचित्र र शृङ्खलाहरूसहित हाम्रो सामग्रीहरूको वृहद् संग्रह देशभरका मनोरञ्जन प्रेमीहरूका लागि मूख्य गन्तव्य बन्ने कुरामा हामी विश्वस्त छौँ ।”

    लायन्स्गेट प्लेमा पहुँच लिनका लागि एनसेलका ग्राहकहरूले सजिलै आफ्ना सर्भिस प्लानलाई एष्ट्रिक्स१२३ह्यास डायल गरेर वा एनसेल एपमा गई अपग्रेट गर्न सक्छन् । 

    लायन्स्गेट प्ले एप गुगल प्ले स्टोर, एप्पल एप स्टोर र अमेजोन फायरस्टिकमार्फत सजिलै डाउन लोड गर्न सकिन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार