images
images

आज पनि बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ?

आज पनि बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ?

सोमवार, साउन १४ २०८१
सोमवार, साउन १४ २०८१
  • आज पनि बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ?

    काठमाडौँ / सुनचाँदीको मूल्य सोमबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सोमबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेको हो । 

    images
    images

    आइतबार छापावाल सुन प्रतितोला १ लाख ४५ हजार ७ सय रुपैयाँ रहेकोमा सोमबार बढेर १ लाख ४६ हजार १ सय रुपैयाँ पुगेको हो । त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ४५ हजारबाट बढेर १ लाख ४५ हजार ४ सय रुपैयाँ पुगेको छ । 

    यसैगरी, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको महासंघले जनाएको छ । यसअघि प्रतितोला १ हजार ७ सय ४० रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार