images
images

सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो, कति पुग्यो ?

सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो, कति पुग्यो ?

आइतवार, साउन १३ २०८१
आइतवार, साउन १३ २०८१
  • सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो, कति पुग्यो ?

    काठमाडौँ / आइतबार सुनचाँदीको मूल्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले बढेको हो । 

    images
    images

    शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँ रहेकोमा आइतबार बढेर १ लाख ४५ हजार ७ सय रुपैयाँ पुगेको हो । 

    त्यस्तै, तेजावी सुन १ लाख ४४ हजार रुपैयाँबाट बढेर १ लाख ४५ हजार रुपैयाँ पुगेको छ । 

    यता, चाँदीको भाउसमेत प्रतितोला १० रुपैयाँले बढेको महासंघले जनाएको छ । यसअघि प्रतितोला १ हजार ७ सय ३० रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ७ सय ४० रुपैयाँ पुगेको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार