images
images

विदेश पढ्न जान एक वर्षमा एक लाख १२ हजारले लिए अनुमति, कुन देशको लागि कति ? (सूचीसहित)

विदेश पढ्न जान एक वर्षमा एक लाख १२ हजारले लिए अनुमति, कुन देशको लागि कति ? (सूचीसहित)

एक बर्षको अवधीमा जापानका लागि सबैभन्दा धेरै ३४ हजार ७३१ जनाले अनुमति लिएका छन्।

मंगलवार, साउन ८ २०८१
मंगलवार, साउन ८ २०८१
  • विदेश पढ्न जान एक वर्षमा एक लाख १२ हजारले लिए अनुमति, कुन देशको लागि कति ? (सूचीसहित)

    काठमाडौँ / पछिल्लो एक वर्षको अवधिमा विदेशमा पढ्न जान एक लाख १२ हजार जनाले नेपालको सरकारी निकायबाट अनुमति लिएको पाइएको छ । 

    images
    images

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति (एनओसी) शाखाका अनुसार २०८० साउन १ गतेदेखि २०८१ असार मसान्तसम्म  एक लाख १२ हजार २ सय ५६ जनाले एनओसी लिएका हुन् ।

    अघिल्लो आर्थक बर्षमा अर्थात २०७९/८० मा १ लाख १० हजार २१७ जनाले अनुमति लिएका थिए । अघिल्लो आवको तुलनामा गत आवमा विदेश पढ्न जान अनुमति लिनेको संख्या १.८१ प्रतिशतले बढेको हो ।

    जापानका लागि सबैभन्दा धेरैले लिए अनुमति

    आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै जापानका लागि ३४ हजार ७३१ जनाले अनुमति लिएका छन्। आव २०७९/८० मा जापानका लागि २१ हजार ६५८ जनाले अनुमति लिएका थिए । 

    यता, नेपाली विद्यार्थीहरूको दोस्रो रोजाइमा क्यानडा छ।क्यानडामा अध्ययनका लागि १५ हजार ९८२ जनाले अनुमति लिएका छन्। अघिल्लो आवमा क्यानडाका लागि २१ हजार ५४४ जनाले अनुमति लिएका थिए । 

    त्यस्तै, अस्ट्रेलियाका लागि १४ हजार ३७२, बेलायतका लागि १३ हजार ३३९, अमेरिकाका लागि ११ हजार २६१ र दक्षिण कोरियाका लागि ६ हजार ८८९ जनाले अनुमति लिएका छन्।

    युएई, चीन, माल्टा, मलेसिया लगायत विभिन्न ६६ मुलुकमा अध्ययनका लागि अनुमति लिएका छन्।

    कुन देशको लागि कतिले लिए अनुमति ? हेनुस् सूची

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार