images
images

ह्वात्तै घट्यो सुनको भाउ, आज प्रतितोला कति ?

ह्वात्तै घट्यो सुनको भाउ, आज प्रतितोला कति ?

शुक्रवार, साउन ४ २०८१
शुक्रवार, साउन ४ २०८१
  • ह्वात्तै घट्यो सुनको भाउ, आज प्रतितोला कति ?

    काठमाडौँ / साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले घटेको हो ।

    images
    images

    बिहीबार बजारमा छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ५ सय रुपैयाँ रहेको थियो भने शुक्रबार घटेर १ लाख ४७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ४८ हजार ८ सय रुपैयाँबाट घटेर १ लाख ४६ हजार ८ सय रुपैयाँमा झरेको छ ।

    यता, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ८ सय ६० रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ८ सय ३० रुपैयाँ पर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार