images
images

एनसेलको ‘बिक्रीमा बहार, बिक्रेतालाई उपहार’ योजना : खुद्रा बिक्रेता नगेन्द्रले जीते डिस्कभर बाइक

एनसेलको ‘बिक्रीमा बहार, बिक्रेतालाई उपहार’ योजना : खुद्रा बिक्रेता नगेन्द्रले जीते डिस्कभर बाइक

बिहिवार, साउन ३ २०८१
बिहिवार, साउन ३ २०८१
  • एनसेलको ‘बिक्रीमा बहार, बिक्रेतालाई उपहार’ योजना : खुद्रा बिक्रेता नगेन्द्रले जीते डिस्कभर बाइक

    काठमाडौँ / एनसेलका खुद्रा बिक्रेता नगेन्द्र प्रसाद गणेशले बजाज डिस्कभर बाइक जित्न सफल भएका छन् । झापा जिल्लाको झापा गाउँपालिका ५, पन्थपाडामा शिव बाबा किराना सञ्चालन गर्दै आएका उनले एनसेलले आफ्ना खुद्रा बिक्रेता र साना पसल गर्ने व्यवसायीहरूलाई प्रोत्साहन तथा सहयोग गर्ने उद्देश्यले सञ्चालन गरेको ‘बिक्रीमा बहार, बिक्रेतालाई उपहार’ योजना अन्तर्गत बजाज डिस्कभर बाइक जित्न सफल भएका हुन् ।

    images
    images

    कम्पनीले आफ्नो च्यानल इकोसिस्टमको प्रत्येक तहलाई सशक्त बनाउने प्रतिबद्धता अनुरुप देशभरका खुद्रा विक्रेताहरूलाई प्रोत्साहन र पुरस्कृत गर्ने उद्देश्यकासाथ यो कार्यक्रम लागू गरेको थियो । 

    बिहीबार बिर्तामोडमा आयोजित एक कार्यक्रम माझ कोसी प्रदेशका लागि एनसेलका प्रादेशिक व्यापार प्रबन्धक अम्बर भट्टाचार्यले नगेन्द्र प्रसाद गणेशलाई १२५ सीसीको उक्त बजाज डिस्कभर मोटरसाइकल हस्तान्तरण गरेका थिए ।

    यस कार्यक्रममा सहभागी भएका खुद्रा विक्रेताहरूले सिम कार्ड र प्याकहरूको बिक्री बापत निश्चित प्वाइन्ट आर्जन गर्ने अवसर पाएका थिए । यसरी आर्जन गरिएको प्वाइन्टहरुको आधारमा उनीहरुले ६५ ईन्चसम्मका स्मार्ट टिभी, स्मार्टफोन, स्मार्टवाच, पावर बैंक र ब्लुटुथ स्पिकरहरू उपहार पाएका छन् । 

    बम्पर उपहारका रुपमा मोटरसाइकल पाउन आर्जन गरेको प्वाइन्टको आधारमा कुल ४ हजार ७५४ खुद्रा बिक्रेताहरु मोटरसाइकलका लागि योग्य थिए र विजेता नगेन्द्र गोला प्रथामार्फत छानिएका हुन् । यस कार्यक्रम अन्तर्गत, देशभर सातै प्रदेशबाट ११ सय जना खुद्रा विक्रेताहरूले विभिन्न उपहार पाउन सफल भएका छन् । 

    यो कार्यक्रमले खुद्रा बिक्रेताहरूलाई सहयोग गर्नुका साथै एनसेलका सेवा र सुविधाहरुको उपलब्धता सुनिश्चित गर्न र खुद्रा विक्रेताहरूलाई सहयोग प्रदान गर्न जिम्मेवार फिल्ड फोर्स टोलीलाई प्रोत्साहन गर्न पनि केन्द्रित रहेको थियो ।

    खुद्रा विक्रेता तथा साना पसल गर्ने व्यवसायीहरूले एनसेल पसल एप मार्फत पनि एनसेलका सेवाहरू बिक्री गर्न सक्छन् । एनसेलले आफ्ना च्यानल साझेदारहरूको अमूल्य योगदानको कदर गर्ने र उनीहरूको व्यवसायिक सफलतालाई सहयोग प्रदान गर्न कम्पनी समर्पित रहेको जनाएको छ । 

    साथै एनसेलले आफ्नो साझेदारी सुदृढ गर्ने, पारस्परिक समृद्धिका लागि काम गर्ने र आफ्ना ग्राहकहरूलाई निरन्तर गुणस्तरिय सेवा प्रदान गर्दै आफ्ना ग्राहकहरुलाई सधैं अन रहन मद्दत गर्ने लक्ष्यका साथ कार्य गरिरहेको जनाएको छ ।

    आफ्ना ग्राहकहरूलाई कनेक्टिभिटीको पहुँचको लाभ सुनिश्चित गर्न एनसेलले नयाँ योजना सधैं अनमार्फत आम उपभोक्ता र उद्यमी, व्यवसायीहरुलाई पहिला भन्दा सुलभ शुल्कमा डेटा, भ्वाइस र एसएमएस बन्डल सेवाहरु प्रदान गर्दै आएको छ । 

    अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स नकाटिने, प्रयोग गर्न बाँकी रहेका सेवाहरु पुनः लिँदा थपिएर आउने र बन्डल सेवाहरुका साथ निर्धक्क सेवा पाईने यो योजनाको मुख्य विशेषताहरु रहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार