images
images

सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढ्यो, बन्यो नयाँ रेकर्ड

सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढ्यो, बन्यो नयाँ रेकर्ड

शुक्रवार, असार २८ २०८१
शुक्रवार, असार २८ २०८१
  • सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढ्यो, बन्यो नयाँ रेकर्ड

    काठमाडौँ / साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेपछि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । 

    यसअघि असार २३ गते सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ रहेको थियो । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४४ हार ९ सय रुपैयाँ रहेकोमा बढेर आज १ लाख ४६ हजार ७ सय रुपैयाँ पुगेको हो । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ४४ हजार २ सय रुपैयाँ रहेकोमा आज बढेर १ लाख ४६ हजार रुपैयाँ पुगेको छ । 

    यता, चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ८ सय ८५ रुपैयाँ रहेकोमा आज १५ रुपैयाँ पुगेको हो । 
     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार