images
images

नारायणगढ-मुग्लिन पहिरो अपडेट :  गोताखोरले भेट्टाउन सकेन बेपत्ता बस, लगातारको बर्षात्ले उद्धार कठिन

नारायणगढ-मुग्लिन पहिरो अपडेट :  गोताखोरले भेट्टाउन सकेन बेपत्ता बस, लगातारको बर्षात्ले उद्धार कठिन

शुक्रवार, असार २८ २०८१
शुक्रवार, असार २८ २०८१
  • नारायणगढ-मुग्लिन पहिरो अपडेट :  गोताखोरले भेट्टाउन सकेन बेपत्ता बस, लगातारको बर्षात्ले उद्धार कठिन

    चितवन / पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन ।  

    images
    images

    नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज विहान दुईवटा बस नदीमा खसेका थिए । बसमा ६५ जना सवार रहेको बताइएको छ ।

    चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले  पानी परिरहेकाले उद्धारमा केही कठिनाइ भइरहेको बताए ।

    त्रिशूलीमा जलसतह उच्च भएकाले खोजीमा समस्या भएको  जनाइएको छ । अहिले नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले डुङ्गामा खोजी थालेका छन् । हालसम्म बस फेला पर्न नसकेको प्रजिअ यादवले जानकारी दिए । 

    आज बिहान आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए ।

    प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१  र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार काठमाडौँ र वीरगञ्जमा गाडी नम्बर र चलानीको बारेमा बुझ्ने काम भइरहेको छ । 

    यद्यपि वास्तविक विवरण प्राप्त नभइसकेको उनले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार