images
images

नेपाल विज्ञापन संघ र विज्ञापन बोर्डद्वारा आयोजित विज्ञापन कार्यशाला सम्पन्न

नेपाल विज्ञापन संघ र विज्ञापन बोर्डद्वारा आयोजित विज्ञापन कार्यशाला सम्पन्न

सोमवार, असार २४ २०८१
सोमवार, असार २४ २०८१
  • नेपाल विज्ञापन संघ र विज्ञापन बोर्डद्वारा आयोजित विज्ञापन कार्यशाला सम्पन्न

    काठमाडौँ / नेपाल विज्ञापन संघ आन र नेपाल विज्ञापन बोर्डको संयुक्त आयोजनामा असार २१ गते शुक्रबार मल्ल होटलमा आयोजित विज्ञापन कार्यशाला सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय प्रशिक्षक भरत अभालानी तथा स्थानीय सहजकर्ता एवं विज्ञ रन्जित राज आचार्य, दिपेन्द्र टण्डन उजय शाक्य तथा विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईबाट विभिन्न विषयबस्तु विज्ञापन, ब्रान्ड र मार्केटिङ्ग माथि कार्यपत्र पेश गर्दै सहभागीहरूलाई आआफ्ना बिचार विषयवस्तु राख्न लगाउँदै कार्यशाला सम्पन्न भएको हो । 

    images
    images

    नेपाल विज्ञापन संघ र विज्ञापन बोर्ड मुख्य आयोजक र नेपाल टेलिकम तथा पर्यटन बोर्डको विशेष सहभागिता रहेको सो कार्यशालामा विज्ञापन एजेन्सी तथा सञ्चार माध्यमको बाक्लो सहभागिता रहेको थियो भने सहयोगी संस्थाहरूमा नेपाल टेलिभिजन र राष्ट्रिय बाणिज्य बैङ्कका करिब १२० जनाको सहभागिता रहेको थियो । 

    बिहान ९ बजे देखि सुरू यस कार्यक्रम आयोजक संस्थाद्वय विज्ञापन बोर्ड र विज्ञापन संघबाट विज्ञ भरत आभलानी र प्रायोजक राष्ट्रिय बाणिज्य बैङ्क र नेपाल टेलिभिजनलाई मायाको चिनो प्रदान गरिएको थियो ।

    कार्यशालाले विज्ञापन व्यवसायी, विज्ञापनदाता र सञ्चार माध्यमबिच घनिभुत सहकार्य गर्ने र नव प्रर्वतक उद्यम स्टार्टअपलाई विज्ञापनकर्मी तथा सञ्चार माध्यमले प्राथमिकता राखी प्रर्वद्धनमा सहयोग गर्ने समेत निचोड निकालेका छ । 

    कार्यक्रममा सहभागीहरूबाट आएका उत्कृष्ट तीन विषयबस्तुलाई विज्ञापन व्यवसायी तथा सञ्चार माध्यमले अगाडि बढाउने छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार