images
images

शुक्रबार र शनिबार यी प्रदेशहरुमा बाढी पहिरो आउन सक्ने, सतर्कता अपनाउन विभागको चेतावनी

शुक्रबार र शनिबार यी प्रदेशहरुमा बाढी पहिरो आउन सक्ने, सतर्कता अपनाउन विभागको चेतावनी

शुक्रवार, असार २१ २०८१
शुक्रवार, असार २१ २०८१
  • शुक्रबार र शनिबार यी प्रदेशहरुमा बाढी पहिरो आउन सक्ने, सतर्कता अपनाउन विभागको चेतावनी

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा देशभर मनसुनी वायुको प्रभाव रहेको छ। 

    images
    images

    मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ  सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ। कोशी, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा  हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ। 

    आज शुक्रबार दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने जनाएको छ । 

    सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    कोशी, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

     यस्तैगरी राती देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। 

    सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

    कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुुई  स्थानमा भारीदेखि धेरै भारी बर्षाको सम्भावमा रहेको छ।

    यस्तैगरी शनिबार दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । 

    सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन ट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    कोशी,  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

     यस्तैगरी राती भनेदेशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । 

    कोशी र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।   

    गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेशका  एकदुई –स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार