काठमाडौँ / मिरा राई इनिसियटिभको सहर्कार्यमा होप फाउन्डेसन नेपालले असार २२ गते शनिबार ५ किलोमिटर यात्रा दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । लागुपदार्थ दुर्व्यसनीबारे जनचेतना जगाउने र स्वस्थ जीवनशैली प्रोत्साहन गर्ने उद्देश्यले उक्त प्रतियोगिता हुने भएको हो ।
होप फाउन्डेसनका अध्यक्ष राजिव थापाले कार्यक्रममा सहभागिताहरुले खुल्ला र विद्यार्थी वर्गमा निःशुल्क दर्ता गर्न सक्ने बताए । सो प्रतियोगितामा विजेताहरुले ५० हजार बराबरको नगद पुरस्कार पनि प्राप्त गर्ने उनले जानकारी दिए ।
बुधबार काठमाडौँमा आयोजना भएको एक समारोहमा मिरा राइले युवाहरुलाई लागुपदार्थ दुर्व्यसनीबाट बचाउन जनचेतना फैलाउने उद्देश्यले गरिने यस्ता महत्त्वपूर्ण कार्यक्रमहरु देशैभरि गर्ने पर्नेमा जोड दिइन् ।
समारोहमा उपस्थित अन्य वक्ताहरुले यस्ता महत्त्वपूर्ण कार्यक्रमहरु हरेक टोल समाजले अयोजना गर्न पर्ने र सरकारले पनि यस्ता विकृतिहरुलाई निर्मूल पार्नको लागि राष्ट्रिय स्तरको जनाचेतनामूलक कार्यक्रमहरुको आवश्यकता रहेको बताए ।