images
images

आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा भारी बर्षा हुने, बिहीबारसम्म देशभरको मौसम कस्तो रहला ?

आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा भारी बर्षा हुने, बिहीबारसम्म देशभरको मौसम कस्तो रहला ?

बुधवार, असार १२ २०८१
बुधवार, असार १२ २०८१
  • आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा भारी बर्षा हुने, बिहीबारसम्म देशभरको मौसम कस्तो रहला ?

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।बागमती, कोशी र गण्डकी प्रदेशको केहि स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि वर्षा भइरहेको छ।

    images
    images

    बुधबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    बुधबार राति कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी र  लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    साथै कोशी ,गण्डकी ,कर्णाली र सुदूरपश्चिम प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    बिहीबार दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ।कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    साथै बागमती,लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका  एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    बिहीबार राति देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ। कोशी, मधेश र बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    साथै कोशी ,मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    शुक्रबार दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ। कोशी, मधेश, बागमती र लुम्बिनी  प्रदेशका केही स्थानहरूका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    साथै कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    शुक्रबार राति कोशी, मधेश र बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका  थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ

    वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार