जीतपुर सिमरा उपमहानगरमा नगर सभा स्थगित भएको छ । नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षको विरोध र तोडफोडपछि नगरसभा स्थगित भएको हो । बजेट पेस गर्ने दिन बिहानैबाट एमाले र केही कांग्रेसका वडाध्यक्षहरू विरोधमा उत्रेका थिए ।
नगरसभामा सहभागी हुन मेयर राजन पौडेल नगर सभामा छिर्नसाथ हुलदङ्गा सुरु गरेका उनीहरुले नगर सभास्थलमा रहेका कुर्सी र टेबल समेत तोडफोड गरेका छन् ।
कुर्सी तोडफोड र विरोधमा उत्रने वडाध्यक्षहरुमा जीतपुर सिमरा उपमहानगरका वडा नम्बर २ का धनबहादुर श्रेष्ठ, वडा नम्बर १६ का वडाध्यक्ष हरिदेव खरेल, वडा नम्बर ६ का कैयुदिन अन्सारी र ७ का सुनिल गुप्तालगायत छन् ।
वडाध्यक्षहरूको विरोध र तोडफोडपछि नगर सभा स्थगित भएको घोषणा गरिएको छ ।