images
images

सुनचाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुदैछ कारोबार ?

सोमवार, असार १० २०८१
सोमवार, असार १० २०८१
  • सुनचाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुदैछ कारोबार ?

    काठमाडौँ / आज सोमबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य सामान्य बढेको छ । 

    images
    images

    नेपाल सुनचाँदी व्ययवसायी महासंघले आज सुनको मूल्यमा सामान्य वृद्धि भएको जानकारी दिएको हो । आज सोमबार सुनको मूल्यमा प्रतितोला १०० रुपैयाँको वृद्धि आएको महासंघले जनाएको हो ।

    यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३०० रुपैयाँ कायम छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँ छ । 

    हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार र तेजाबी सुनको मूल्य १ लाख ४१ हजार ३०० रुपैयाँ थियो ।

    यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै प्रतितोला १८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य १८ सय १५ रुपैयाँ थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार