काठमाडौँ / शरद चन्द्र शाहा मेमोरियल फाउन्डेसन (एससिएसएमएफ)ले खेलकुदमा योगदान पुर्याएका बरिष्ठ खेलाडीलाई सम्मान गर्न नयाँ प्रशस्तिको आयोजना गरिएको छ।
यस समारोहमा पुरानो पुस्ता र नयाँ आउने युवालाई सम्मान प्रदान गरिन्छ र यस समारोहलाई ‘एससिएसएमएफ स्पोर्टस् अवार्ड २०२४’ नाम दिएको छ ।
यसपालि ‘एससिएसएमएफ स्पोर्टस् अवार्ड २०२४’ प्रख्यात ओलम्पियन बैकुण्ठ मानन्धरलाई प्रदान गरिनेछ । उनी एक नेपाली म्याराथन धावक हुन्। उनले सन् १९७६ देखि १९८८ सम्म लगातार चार ओलम्पिक खेलहरूमा प्रतिस्पर्धा गरे ।
उनले दक्षिण एसियाली खेलकुदमा लगातार तीनवटा स्वर्ण पदक जितेर रेकर्ड बनाएका छन् र अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट, ऐतिहासिक प्रदर्शनको लागि चर्चित छन् ।
अर्को ‘एससिएमएफ खेलकुद पुरस्कार २०२४’ खेलकुद क्षेत्रमा उदाउँदो सितारा ओलम्पियन अरिका गुरुंङलाई प्रदान गरिनेछ।
उनी एसियाली र अन्तर्राष्ट्रिय खेलकुद (मार्शल आर्ट्स , कराते, मा उल्लेखनीय प्रदर्शनको लागि नामी छन् र हालै वहाले चीनमा भएको १९औ एशियन गेम्समा पनि ऐतिहासिक रजत पदक जित्न सफल भइन्। पुरस्कार स्वरूप प्रत्येकलाई २ लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।
शरद चन्द्र शाह मेमोरियल फाउन्डेसन स्वर्गीय शरद चन्द्र शाहको सम्झनामा उनका परिवारजनहरूद्वारा २०२० नोभेम्बर ३० मा स्थापना गरिएको थियो।
शरद चन्द्र शाह नेपाली खेलकुद इतिहासमा प्रमुख परिवर्तन ल्याउने व्यक्तिका रूपमा प्रख्यात छन्।
उनी ओलिम्पिक काउन्सिल अफ एशिया एशियाली ओलम्पिक परिषद्को (भ्वाइस प्रेसिडेन्ड) उपाध्यक्षको रूपमा सेवा गर्ने पहिलो नेपाली व्यक्ति थिए ।
नेपालमा राष्ट्रिय खेलकुदको सुरुवात र आलम्पिक मुभमेन्ट ल्याउने व्यक्ति स्व शाह नै थिए । उनी २०३४ देखि २०४५ सालसम्म राष्ट्रिय खेलकुद परिसदको सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटिको अध्यक्ष रहेका थिए । उनी नेपालको राष्ट्रिय प्रतियोगिता तथा साउथ एशियन गेम्सको योजनाकार पनि थिए ।
फाउन्डेसनको मुख्य उद्देश्य राष्ट्रको खेलकुद विकास गतिविधिहरूमा निम्नरूपमा सुधारका लागि समर्पित अथवा कुनै पनि किसिमले योगदान पुर्याएका व्यक्ति तथा संस्थाहरुलाई प्रोत्साहन, सहायता, र पहिचान तथा सम्मान प्रदान गर्नु हो ।
विगतका दिनहरुमा शरद चन्द्र शाह मेमोरियल फाउन्डेसनद्वारा नेपाल स्पार्ट फर अल कमिसनको सहकार्यमा ‘नेपालको खेलकुदमा नयाँ युगको प्रारम्भ’ (Dawn of a New Era in Nepal Sports) नामक फोटो प्रदर्शनी आयोजना गरिएको थियो ।
ओलम्पिक डे २०२२ को पुनित अवसरमा असार १ गते बिहिबार उद्घाटन गरिएको यो प्रदर्शनी ५ दिन सम्म सञ्चालन गरिएको थियो र यस फाउन्डेसनद्वारा २०८० असार २६ गते मंगलबार नवीन अर्यालद्वारा लिखित ‘नेपाली खेलकुदको वृतान्तु’ नामक किताब पनि प्रक्षेपण गरिएको थियो ।