images
images

नेप्सेमा सामान्य अङ्कको गिरावट, वित्त समूहमा लगानीकर्ताको उच्च आकर्षण, कतिको भयो कारोबार ?

नेप्सेमा सामान्य अङ्कको गिरावट, वित्त समूहमा लगानीकर्ताको उच्च आकर्षण, कतिको भयो कारोबार ?

आइतवार, असार ९ २०८१
आइतवार, असार ९ २०८१
  • नेप्सेमा सामान्य अङ्कको गिरावट, वित्त समूहमा लगानीकर्ताको उच्च आकर्षण, कतिको भयो कारोबार ?

    काठमाडौँ / साताको पहिलो कारबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ३७ अङ्कले घटेर दुई हजार ६२ दशमलव ९४ को बिन्दुमा कायम भएको हो ।

    images
    images

    आज तीन सय १७ कम्पनीको ९५ लाख ६१ हजार सात सय २७ कित्ता शेयर ६१ हजार पाँच सय १३ पटक खरिद बिक्री हुँदा रु चार अर्ब ३७ करोड ४५ लाख ९७ हजार चार सय ५८ बराबरको कारोबार भएको छ । 

    आज वित्त समूह पाँच दशमलव ४९ र अन्य समूह शून्य दशमलव २५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै लघुवित्त समूह एक दशमलव २३ र होटल तथा पर्यटन समूह एक दशमलव १० प्रतिशतले घटेको छ ।

    1.JPG

    रिलायन्स फाइनान्स लिमिटेड, गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था लिमिटेड, मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेड र नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

    सबैभन्दा धेरै गुमाउनेमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ६ दशमलव ५८ र सनराईज ब्लुचिप फन्डको शेयर मूल्य पाँच दशमलव २४ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै पोखरा फाइनान्स लिमिटेडको रु १७ करोड १३ लाख ५२ हजार तीन सय ९१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै रिलायन्स फाइनान्स लिमिटेडको तीन लाख नौ हजार चार सय ४३ कित्ता शेयर किनबेच भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार