images
images

कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउन मौसम विभागको सुझाव

कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउन मौसम विभागको सुझाव

आइतवार, असार ९ २०८१
आइतवार, असार ९ २०८१
  • कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउन मौसम विभागको सुझाव

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखले आज जारी गरेको विवरण अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव देखिन्छ ।  यसले ति क्षेत्रहरुमा पानी पर्ने तथा बदली हुनेछ । बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।

    images
    images

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिदै विभागले भनेको छ कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना  रहेकोले सतर्कता अपनाउन भनेको छ । 

    ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु पर्ने छ । 

    अन्य बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। 

    कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो  देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती,  गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 
     त्यस्तैगरी राती कोशी, मधेश, बागमती, गण्डकी  र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। 

    कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका  एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार