images
images

बजार घट्दा पनि यी १० कम्पनीका लगानीकर्ताले कमाए सार्वधिक, गुमाउने कम्पनी कुन–कुन ?

बजार घट्दा पनि यी १० कम्पनीका लगानीकर्ताले कमाए सार्वधिक, गुमाउने कम्पनी कुन–कुन ?

बिहिवार, असार ६ २०८१
बिहिवार, असार ६ २०८१
  • बजार घट्दा पनि यी १० कम्पनीका लगानीकर्ताले कमाए सार्वधिक, गुमाउने कम्पनी कुन–कुन ?

    काठमाडौँ / अघिल्लो कारोबारको दिन अर्थात बुधबार सामान्य अङ्कले बढेको नेप्से परिसूचक आज कारोबारको अन्तिम दिन दोहोरो अंकले घटेको छ।

    images
    images

    आज अन्तिम कारोबाको दिन नेप्से १०।४४ अंकले घटेर २ हजार ६८।३१ विन्दुमा बन्द भएको हो । यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ। 

    बुधबार तीन अर्ब ४० करोड ४३ लाख ७२ हजार ६३२ रूपैयाँको सेयर कारोबार भएकोमा बिहीबार तीन अर्ब ८७ करोड ७ लाख ४४ हजार ९०३ रूपैयाँको सेयर कारोबार भएको छ। 

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा ४७ करोड रूपैयाँले वृद्धि भएको हो।यस दिन ३०६ वटा धितोपत्रको ८६ लाख ६३ हजार ६९९ कित्ता सेयर किनबेच भएको हो।

    बिहीबार ५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १८६ वटाको घटेको छ। यस्तै, ८ कम्पनीको मूल्य स्थिर रहेको छ।

    आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी ११ समूहको परिसूचक घटेको हो।

    यी १० कम्पनीका लगानीकर्ताले कमाए सार्वधिक

    यसदिन कालिका लघुवित्तको सेयर मूल्य  सर्वाधिक बढेको छ। कम्पनीको सेयर मूल्य ७.७१ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार १६० रूपैयाँ कायम भएको छ। यस्तै, बाराही हाइड्रोपावरको सेयर मूल्य ६.६३ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ७२४ रूपैयाँ कायम भएको छ।

    1.JPG

    यी १० कम्पनीका लगानीकर्ताले गुमाए सार्वधिक

    कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य सर्वाधिक ९.२८ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ५४५ रूपैयाँ कायम भएको छ। यस्तै, भगवती हाइड्रोपावको मूल्य ५.४७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ९५० रूपैयाँमा झरेको छ ।

    2.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार