images
images

नेप्से १०.४४ अङ्कले घट्यो, वित्त समूहमा लगानीकर्ताको उच्च आकर्षण, कतिको भयो कारोबार ?

नेप्से १०.४४ अङ्कले घट्यो, वित्त समूहमा लगानीकर्ताको उच्च आकर्षण, कतिको भयो कारोबार ?

बिहिवार, असार ६ २०८१
बिहिवार, असार ६ २०८१
  • नेप्से १०.४४ अङ्कले घट्यो, वित्त समूहमा लगानीकर्ताको उच्च आकर्षण, कतिको भयो कारोबार ?

    काठमाडौँ / अघिल्लो कारोबारको दिन अर्थात बुधबार सामान्य अङ्कले बढेको नेप्से परिसूचक आज कारोबारको अन्तिम दिन दोहोरो अंकले घटेको छ।

    images
    images

    आज अन्तिम कारोबाको दिन नेप्से १०.४४ अंकले घटेर २ हजार ६८.३१ विन्दुमा बन्द भएको हो । यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ। 

    बुधबार तीन अर्ब ४० करोड ४३ लाख ७२ हजार ६३२ रूपैयाँको सेयर कारोबार भएकोमा बिहीबार तीन अर्ब ८७ करोड ७ लाख ४४ हजार ९०३ रूपैयाँको सेयर कारोबार भएको छ। 

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा ४७ करोड रूपैयाँले वृद्धि भएको हो।यस दिन ३०६ वटा धितोपत्रको ८६ लाख ६३ हजार ६९९ कित्ता सेयर किनबेच भएको हो।

    बिहीबार ५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १८६ वटाको घटेको छ। यस्तै, ८ कम्पनीको मूल्य स्थिर रहेको छ।

    आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी ११ समूहको परिसूचक घटेको हो।

    यसदिन वित्त समूहमा लगानीकर्ताको आकर्षण उच्च देखिएको छ। उक्त समूहको परिसूचक सर्वाधिक १.८२ प्रतिशतले बढेको छ। 

    0.JPG

    कालिका लघुवित्त सेयर मूल्य  सर्वाधिक बढ्यो

    यसदिन कालिका लघुवित्तको सेयर मूल्य  सर्वाधिक बढेको छ। कम्पनीको सेयर मूल्य ७.७१ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार १६० रूपैयाँ कायम भएको छ। यस्तै, बाराही हाइड्रोपावरको सेयर मूल्य ६.६३ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ७२४ रूपैयाँ कायम भएको छ।

    1.JPG

    यी हुन् सबैभन्दा धेरै घटेका कम्पनीहरू

    कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य सर्वाधिक ९.२८ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ५४५ रूपैयाँ कायम भएको छ। यस्तै, भगवती हाइड्रोपावको मूल्य ५.४७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ९५० रूपैयाँमा झरेको छ।

    2.JPG

    माउन्टेन इनर्जीको सर्वाधिक कारोबार

    बिहीबार माउन्टेन इनर्जीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता ६०९ रूपैयाँ ९० पैसामा १७ करोड १४ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.८१ प्रतिशत बढेको हो।

    सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६५८ रूपैयाँमा १५ करोड ७४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। 

    3.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार