images
images

बजार सामान्य अङ्कले बढ्दा पनि घट्यो जीवन बीमा समुह, सर्वाधिक गुमाउनेमा नेपाल लाइफ

बजार सामान्य अङ्कले बढ्दा पनि घट्यो जीवन बीमा समुह, सर्वाधिक गुमाउनेमा नेपाल लाइफ

बुधवार, असार ५ २०८१
बुधवार, असार ५ २०८१
  • बजार सामान्य अङ्कले बढ्दा पनि घट्यो जीवन बीमा समुह, सर्वाधिक गुमाउनेमा नेपाल लाइफ

    काठमाडौँ / आज बुधबार नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ। आज नेप्से २.२७ अङ्कले बढेर २ हजार ७८.७६ विन्दुमा बन्द भएको हो । 

    images
    images

    यस दिन नेप्सेमा सामान्य अङ्कले बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा अर्थात मंगलबारको तुलनामा भने घटेको छ।

    मंगलबार चार अर्ब पाँच करोड ५७ लाख ३७ हजार ८८४ रूपैयाँको सेयर कारोबार भएकोमा बुधबार तीन अर्ब ४० करोड ४३ लाख ७२ हजार ६३२ रूपैयाँको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६५ करोड रूपैयाँ कमी आएको हो।

    यस दिन ३०८ वटा धितोपत्रको ७२ लाख ९ हजार ७५७ कित्ता सेयर किनबेच भएको हो। बुधबार १३५ कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ वटाको घटेको छ। यस्तै, ८ कम्पनीको मूल्य स्थिर रहेको छ।

    आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये छ समूहको परिसूचक घटेको छ भने बाँकी सात समूहको परिसूचक बढेको हो।

    यसदिन वित्त समूहको परिसूचक सर्वाधिक २.६२ प्रतिशतले बढेको भने व्यापार समूहको परिसूचक सर्वाधिक १.३२ प्रतिशतले घटेको छ। 

    यता, आज बीमा समूहमा भने जीवन बीमा समूह घटेको छ भने निर्जीवन बीमा समूह भने बढेको छ । आज जीवन बीमा समूह ०.१३ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह भने ०.१७ प्रतिशत बढेको छ । 

    यस्तै, आज १३ वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने बीमा कम्पनीमा एलआइसी नेपाल रहेको छ । कम्पनीको सेयरभाउ २.०७ प्रतिशतले बढेर १३८२ रुपैयाँ पुगेको छ ।

    यसका साथै दोस्रो बढी कमाउनेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सेयरभाउ १.३० प्रतिशलते बृद्धि भई ६८४.८० रुपैयाँ पुगेको छ ।

    त्यस्तै, एनएलजी इन्स्योरेन्सको ०.६४ प्रतिशत, आइएमई लाइफको ०.४७ प्रतिशत, आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सको ०.२९ प्रतिशत, सुर्यज्योति लाइफको ०.२५ प्रतिशत, नेको इन्स्योरेन्सको ०.२५ प्रतिशतका दरले सेयरभाउ बढेको छ ।

    यस्तै, नेपाल रि इन्स्योरेन्सको ०.२१ प्रतिशत, हिमालयन एभरेष्टको ०.१७ प्रतिशत, नेशनल लाइफको ०.१५ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.१४ प्रतिशत र शिखर इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १३–१३ प्रतिशतका दरले सेयरभाउ बढेको छ ।

    आज सर्वाधिक गुमाउने तथा सेयरमूल्य घट्नेमा नेपाल लाइफ इन्स्योरेन्स नै रहेको छ । कम्पनीको सेयरभाउ १.४५ प्रतिशतले घटेर ५९९.२० रुपैयाँ कायम भएको छ । 

    त्यस्तै, प्रभु महालक्ष्मी लाइफको ०.८९ प्रतिशत, सिटिजन लाइफको ०.७२ प्रतिशत, एशियन लाइफको ०.५१ प्रतिशत, युनाइटेड अजोडको ०.४४ प्रतिशत, सन नेपाल लाइफको ०.३० प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ०.२५ प्रतिशतका दरले सेयरभाउ घटेको छ । 

    हिमालयन लाइफको ०.२४ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.२३ प्रतिशत, आरबीसीएलको ०.१५ प्रतिशत, सानिमा जिआइसी इन्स्योरेन्सको ०.०९ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.०८ प्रतिशत र रिलायबल नेपाल लाइफको ०.०५ प्रतिशतले सेयरमूल्य घटेको छ। 

    कुन उपसमुह कतिले बढ्यो, घट्यो ? 

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार