images
images

मार्केट १८ अङ्कले घट्दा १९८ कम्पनीको शेयर मूल्य घट्यो, ४ अर्ब ५ करोडबढीको कारोबार, कसले कति गुमाए ?

मार्केट १८ अङ्कले घट्दा १९८ कम्पनीको शेयर मूल्य घट्यो, ४ अर्ब ५ करोडबढीको कारोबार, कसले कति गुमाए ?

मंगलवार, असार ४ २०८१
मंगलवार, असार ४ २०८१
  • मार्केट १८ अङ्कले घट्दा १९८ कम्पनीको शेयर मूल्य घट्यो, ४ अर्ब ५ करोडबढीको कारोबार, कसले कति गुमाए ?

    काठमाडौँ / आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १८.७६ अंकले घटेर २ हजार ७६ को विन्दुमा कायम भएको छ । 

    images
    images

    बजार आज १८ अङ्कले घट्दा ४० वटा कम्पनीको शेयर मूल्य बढेको छ । १९८ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मूल्यमा भने कुनै परिर्वतन देखिएको छैन । 

    आज दिनभरिमा ३१८ कम्पनीको ९५ लाख ४४ हजार ७३४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोडमाथिको शेयर कारोबार भएको छ । 

    १३ वटा परिसूचक राताम्मे

    आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो। यसदिन बैंकिङ समूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशतले घटेको भने लघुवित्त समूहको परिसूचक १.०४ प्रतिशतले घटेको छ। 

    4.JPG

    बरुण हाइड्रोपावर शेयर कारोबार सबैभन्दा धेरै

    आज सबैभन्दा धेरै बरुण हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ११ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिइडिबी हाइड्रोको ११ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १० करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    3.JPG

    बजार घटेपनि यी कम्पनीका लगानीकर्ताले कमाए सार्वधिक

    बजार घटेपनि आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । 

    माण्डु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् । विन नेपाल लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

    1.JPG

    यी कम्पनीका लगानीकर्ताले गुमाए सार्वधिक

    यस्तै, आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र कुथेली बुखरीका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

    2.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार