images
images

नेप्से परिसूचक ४.९८ अङ्कले बढ्दा ११ अर्ब बढीको कारोबार, कसले कति कमाए ?

नेप्से परिसूचक ४.९८ अङ्कले बढ्दा ११ अर्ब बढीको कारोबार, कसले कति कमाए ?

आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • नेप्से परिसूचक ४.९८ अङ्कले बढ्दा ११ अर्ब बढीको कारोबार, कसले कति कमाए ?
    images
    images

    काठमाडौँ / आइतबार सेयर बजार उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार यो दिन नेप्से परिसूचक ४.९८ अङ्क अर्थात ०.१८ प्रतिशतले बढेर २ हजार ७५३.७६ बिन्दुमा उक्लिएको हो । 

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१२ अङ्कले ओरालो लागेर ४ सय ४८५.९१ मा सीमित भएको छ । 

    यो दिन २ करोड ४४ लाख २६ हजार ९ सय कित्ता सेयर १ लाख १३ हजार २५२ पटकमा कारोबार भएको छ । नेप्से परिसूचक उकालो लागेसँगै आज कारोबार रकम पनि बृद्धि भएको छ । आइतबार सेयर बजारमा ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    यस दिन कारोबारमा आएका १३ ओटा परिसूचकमध्ये चार ओटा समूहको परिसूचक ओरालो लागेको छ भने बाँकी ९ ओटा समूहको परिसूचक उकालो लागेको छ । 

    आइतबार सर्वाधिक बढी होटल्स तथा पर्यटन समूहको परिसूचक २.२११ प्रतिशतले बढेको छ भने लघुवित्त समूहको परिसूचक १.२८ प्रतिशतले बढेको छ । 

    यसैगरी, सबैभन्दा बढी वित्त समूहको परिसूचक १.६३ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक १.१३ प्रतिशतले ओरालो लागेको छ ।  

    आइतबार तीन ओटा कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १ हजार ७७४ रुपैयाँ ३० पैसा पुगेको छ भने स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य पनि १० प्रतिशतले नै बढेर २ हजार ४४ रुपैयाँ ९० पैसा कायम भएको छ । 

    यसैगरी माथिल्लो हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ भने मान्डू हाइड्रोपावरको १ हजार २८ पैसा, बाराही हाइड्रोपावरको सेयर मूल्य ९.२९ प्रतिशतले बढेको छ । 

    त्यस्तै, दुई ओटा कम्पनीको सेयर मूल्यमा आज नेगेटिभ सर्किट लागेको छ । समृद्धि फाइनान्स र गुराँस लघुवित्तको सेयर मूल्य आज १० प्रतिशतले घटेको हो । 

    ११ अर्ब रुपैयाँ बढीको सेयर कारोबार भएकोमा आज सर्वाधिक बढी हिस्सा भने ङादी ग्रुप पावरको रहेको छ । यो कम्पनीको ४५ करोड १७ लाख १० हजार रुपैयाँ बढीको सेयर कारोबार भएको हो । 

    यसैगरी, समृद्धि फाइनान्सको ४१ करोड ८२ लाख ८७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने जानकी फाइनान्सको ३५ करोड ४० लाख ९८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको देखिन्छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार