images
images

आगामी बिहीबारसम्म देशभरको मौसम कस्तो रहला ?

आगामी बिहीबारसम्म देशभरको मौसम कस्तो रहला ?

मंगलवार, असार ४ २०८१
मंगलवार, असार ४ २०८१
  • आगामी बिहीबारसम्म देशभरको मौसम कस्तो रहला ?

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणाली, बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ।

    images
    images

    हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। 

    कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    मङ्गलबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही तथा मधेश प्रदेश लगायत बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    मङ्गलबार राति कोशी प्रदेशका केही तथा मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    बुधबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही तथा मधेश प्रदेशलगायत बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    बुधबार राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    बिहीबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    बिहीबार राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरूमा  तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना भएको क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार