images
images

अभियान लघुवित्तको बार्षिक साधारण सभा असार ६ गते, यी प्रस्ताव पेश हुने

अभियान लघुवित्तको बार्षिक साधारण सभा असार ६ गते, यी प्रस्ताव पेश हुने

सोमवार, असार ३ २०८१
सोमवार, असार ३ २०८१
  • अभियान लघुवित्तको बार्षिक साधारण सभा असार ६ गते, यी प्रस्ताव पेश हुने

    काठमाडौँ / अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनीको चौथो वार्षिक साधारण सभा असार ६ गते गर्ने भएको छ । 

    images
    images

    कम्पनीको सञ्चालक समितिको बैठकले बार्षिक साधारण सभा असार ६ गते बिहीबार गर्ने निर्णय गरेको हो । सभा ताम्राकार पार्टी भेन्यु, पनौती न.पा वडा–४, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेदेखि सुरु कम्पनीले जनाएको हो । 

    गत आवको मुनाफाबाट कम्पनीले कुनै पनि लाभांश वितरण गर्ने निर्णय गरेको छैन । सभाले गत आव २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

    साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । 

    साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २१ गते बुक क्लोज गरिसकेको छ । जेठ २० गतेसम्म कायम रहेका शेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार