images
images

नेप्से परिसूचक ६.३७ अङ्कले बढ्दा कारोबार करिब ६ अर्ब, कसले कति कमाए ?

नेप्से परिसूचक ६.३७ अङ्कले बढ्दा कारोबार करिब ६ अर्ब, कसले कति कमाए ?

समृद्धि फाइनान्स, मिड सोलु हाइड्रोपावर, साधना लघुवित्त र ग्रिनलाइफ हाइड्रोपावरको शेयर मूल्यमा पोजेटिभ सर्किट

बुधवार, जेठ ३० २०८१
बुधवार, जेठ ३० २०८१
  • नेप्से परिसूचक ६.३७ अङ्कले बढ्दा कारोबार करिब ६ अर्ब, कसले कति कमाए ?

    काठमाडौँ / आज (बुधबार) नेप्से परिसूचक सामान्य अङ्कले बढ्दा कारोबार रकम करिब ६ अर्ब रुपैयाँको कारोबार भएको छ । आज नेप्से परिसूचक ६.३७ अङ्कले बढेर २ हजार १२१.६२ को विन्दुमा कायम भएको छ। 

    images
    images

    आज ३१२ कम्पनीको १ करोड २९ लाख ५० हजार ४०७ कित्ता शेयर ७४ हजार ८ सय ५८ पटक खरिदबिक्री हुँदा ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार २४५ बराबरको कारोबार भएको छ ।

    आजको कारोबारमा होटल तथा पर्यटन समूह ०.१८, जलविद्युत् समूह ०.६१, निर्जीवन बीमा ०.४८ र व्यापार समूह ०.३६ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। 

    सबैभन्दा धेरै वित्त समूह १.०७ प्रतिशतले बढेको छ। बैङ्किङ ०.८३, विकास बैङ्क ०.११, लगानी ०.१२, जीवन बीमा ०.१७ र उत्पादन तथा प्रशोधन समूह ०.६० प्रतिशतले बढेको छ।लघुवित्त ०.८८, म्युचुअल फन्ड ०.३३ र अन्य समूह ०.३४ प्रतिशतले बढेको छ। 

    समृद्धि फाइनान्स कम्पनी लिमिटेड, मिड सोलु हाइड्रोपावर लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। 

    सबैभन्दा धेरै गुमाउनेमा भने सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ४.४८ प्रतिशतले घटेको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको २७ करोड ६३ लाख ६० हजार ४९१ बराबरको शेयर किनबेच भएको छ। 

    कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडको नौ लाख ५१ हजार दुई सय सात कित्ता शेयर किनबेच भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार