images
images

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत, फ्लोर क्रस गर्ने देवकोटाको  यस्तो छ तर्क

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत, फ्लोर क्रस गर्ने देवकोटाको  यस्तो छ तर्क

सोमवार, जेठ २८ २०८१
सोमवार, जेठ २८ २०८१
  • गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत, फ्लोर क्रस गर्ने देवकोटाको  यस्तो छ तर्क
    images
    images

    गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे केही समय अघिसम्म कुन बेला रन आउन हुने हो भन्ने चिन्तामा थिए । उनले विस्वासको मत नपाए सिधै मूख्यमन्त्रीको पद धरापमा थियो । तर, एकाएक परिस्थिति परिवर्तन भयो । ६० सदस्यीय प्रदेश सभामा पाण्डेले विश्वासको मत प्राप्त गर्न ३१ मत आवश्यक थियो । 

     प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत पार्न सफल भए । उनी भन्दा ३ भोट कम मत ल्याएर उनको कुर्सी खोस्ने विपक्षीको मुखमा बुझो लाग्यो भने मूख्यमन्त्री पाण्डेलाई तालुमा आलु फल्यो ।  देवकोटाले फ्लोर क्रस गरिदिदा संविधानको धारा १६८ (३) बमोजिम सर्वोच्च अदालतको आदेशबाट मुख्यमन्त्री नियुक्त भएका पाण्डेको पद जोगिएको छ । उक्त समय एमाले माओबादीका सांसदले नाराबाजी र होहल्ला समेत गरेका थिए । 


    पाण्डेलाई कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र सांसद राजीव गुरुङ र माओवादीबाट चुनाव लडेका नेसपा सांसद फडिन्द्र देवकोटाले मत दिएर कुर्सी झण्डैले बचाइदिए । 


    यसैगरी विपक्षमा एमालेका २२ र माओवादीका ६ प्रदेशसभा सदस्यको मत परेको थियो ।

    फ्लोर क्रस गर्ने देवकोटा को हुन् ?

     नेपाल समाजवादी पार्टीका सांसद फडिन्द्र देवकोटा माओवादीबाट चुनाव लडेर निर्वाचित भएका  सांसद हुन् । उनैले आज  फ्लोर क्रस गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन् । देवकोटाले आफू माओवादीको संसदीय दलमा नरहेर नेसपाकै प्रदेशसभा सदस्यको हैसियतमा रहेको दाबी गर्दै आएका छन् ।  

    देवकोटाले पत्रकारहरुसँग प्रतिकृया दिदै भनेका छन्, प्रदेश सभालाई बचाउन पार्टीको निर्णय अनुसार विश्वासको मत दिएको  हुँ । १५/ १६ महिनामै चार पटकसम्म सरकार फेरबदल भएपछि गण्डकी प्रदेश सभा रहने कि नरहने भन्ने चुनौती आफूले देखेको उनले बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार