images
images

बजार ५.५९ अंकले घट्दा पनि यी १० कम्पनीका लगानीकर्ताले कमाए सार्वधिक, गुमाउने १० कम्पनी कुन–कुन ?

बजार ५.५९ अंकले घट्दा पनि यी १० कम्पनीका लगानीकर्ताले कमाए सार्वधिक, गुमाउने १० कम्पनी कुन–कुन ?

आइतवार, जेठ २७ २०८१
आइतवार, जेठ २७ २०८१
  • बजार ५.५९ अंकले घट्दा पनि यी १० कम्पनीका लगानीकर्ताले कमाए सार्वधिक, गुमाउने १० कम्पनी कुन–कुन ?

    काठमाडौँ / साताको पहिलो कारोबारको दिन शेयर बजार ५.५९ अंकले घटेको छ।

    images
    images

    यसदिन नेप्से ०.२२ प्रतिशतले घटेर २०७३.१९ विन्दुमा बन्दुमा कायम हुन पुगेको छ । यद्यपी यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। 

    बिहीबार चार अर्ब ३८ करोड ८२ लाख ७८ हजार ७२० रूपैयाँको कारोबार भएकोमा आइतबार पाँच अर्ब १८ करोड ९० लाख ७९ हजार ५२२ रूपैयाँको सेयर कारोबार भएको छ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा ८० करोड रूपैयाँ वृद्धि भएको हो। यस दिन ३१३ वटा धितोपत्रको एक करोड चार लाख ५२ हजार १२८ कित्ता सेयर किनबेच भएको हो।

    आइतबार ९७ कम्पनीको सेयर मूल्य बढेको छ भने १४७ वटाको घटेको छ। यस्तै, ३ कम्पनीको मूल्य स्थिर रहेको छ।

    आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये आठ समूहको परिसूचक घटेको छ भने बाँकी पाँच समूहको परिसूचक बढेको छ।

    यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २.९२ प्रतिशतले बढेको छ भने व्यापार समूहको परिसूचक सर्वाधिक १.५४ प्रतिशतले घटेको छ।

    यी १० कम्पनीका लगानीकर्ताले कमाए सार्वधिक

    आज बजार ५.५९ अंकले घटेपनि कुनै कम्पनीको शेयर मूल्य भने बढेको पाइएको छ । यसदिन पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ। 

    आज इस्टर्न हाइड्रोपावर, शुभम पावर, सिटी होटल र कुथेली बुखरी हाइड्रोपावरको मूल्य १० प्रतिशतका दरले बढेको छ भने भगवती हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढेको छ।

    1.JPG


    यी १० कम्पनीका लगानीकर्ताले गुमाए सार्वधिक

    यता, आज बुद्धभूमि नेपाल हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रति कित्ता मूल्य ६४३ रूपैयाँ ५० पैसा कायम भएको छ। यस्तै, पोखरा फाइनान्सको मूल्य ७.१२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५७० रूपैयाँमा झरेको छ।

    2.JPG

    यी कम्पनीको सर्वाधिक कारोबार

    साताको पहिलो कारोबारको दिन आज आइतबार एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता ६५० रूपैयाँमा ३२ करोड ३ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ५।६९ प्रतिशत बढेको हो।

    यस्तै, सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिइडिबी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ९९७ रूपैयाँमा २१ करोड १३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। 

    3.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार