images
images

रेकर्ड मूल्यबाट प्रतितोला ४ हजार रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

रेकर्ड मूल्यबाट प्रतितोला ४ हजार रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आइतवार, जेठ २७ २०८१
आइतवार, जेठ २७ २०८१
  • रेकर्ड मूल्यबाट प्रतितोला ४ हजार रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ / आइतबार सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेर ऐतिहासिक रेकर्ड बनाएको सुनको भाउ यो साताको पहिलो कारोबार दिन नै घटेको हो ।

    images
    images

    आज छापावाल सुन प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार हुनेछ । त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँ रहेकोमा आज घटेर १ लाख ४० हजार ३ सय रुपैयाँमा झरेको छ । यता, चाँदी पनि प्रतितोला ७५ रुपैयाँले घटेको महासङ्घले जनाएको छ । शुक्रबार प्रतितोला १ हजार ९ सय रुपैयाँ पुगेको चाँदीको भाउ आज १ हजार ८ सय २५ रुपैयाँमा झरेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार