images
images

हात्तीवाङमा फस्टाउँदै घरबास व्यवसाय, अनुदानसहित स्थानीयलाई तालिम दिँदै स्थानीय तह

हात्तीवाङमा फस्टाउँदै घरबास व्यवसाय, अनुदानसहित स्थानीयलाई तालिम दिँदै स्थानीय तह

शनिवार, जेठ २६ २०८१
शनिवार, जेठ २६ २०८१
  • हात्तीवाङमा फस्टाउँदै घरबास व्यवसाय, अनुदानसहित स्थानीयलाई तालिम दिँदै स्थानीय तह

    मुग्लिन (चितवन) / चितवनको इच्छाकामना गाउँपालिका–१ हात्तीवाङमा घरबास व्यवसाय फस्टाउँदै गएको छ। सिराइचुलीमा पर्यटकको आगमन बढेसँगै हात्तीवाङमा घरबास व्यवसाय फस्टाएको हो ।

    images
    images

    सिराइचुली आउने पर्यटक बढ्दै गएपछि दैनिकजसो पर्यटक घरबासमा बास बस्न आउने गरेको सिराइचुली घरबास (होमस्टे) हात्तीवाङका सञ्चालक जगदिश्वर पुरीले बताए । 

    उनले भने, “पाहुना दैनिकजसो बास बस्न आउनुहुन्छ, पछिल्लो समय यहाँ स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढेको छ ।”

    समुद्र सतहबाट एक हजार नौ सय ४५ मिटर उचाइमा रहेको सिराइचुलीबाट सूर्योदय अवलोकन गर्न पर्यटक आउने गरेका छन् । 

    हात्तीवाङमा बास बसेर  बिहान सूर्योदय हेर्न पर्यटक सिराइचुली पुग्ने गर्छन्। हात्तीवाङबाट पनि समयको सडक यात्रापछि आधा घण्टाको पैदल यात्रापछि सिराइचुली पुग्न सकिन्छ । 

    घरबास सञ्चालकसमेत रहेका इच्छाकामना–१ का वडाध्यक्ष सन्तबहादुर राना मगरले पछिल्लो समय पर्यटकको आगमनमा वृद्धि भएको बताए । 

    उनले भने, “दैनिक आउने पर्यटकको तथ्याङ्क राख्ने गरिएको छैन, तर सिराइचुली आउने पाहुनाको सङ्ख्या बढ्दै गएको छ ।” 

    सिराइचुली आउने पर्यटक बढेसँगै हात्तीवाङका घरबास व्यवसाय फस्टाउँदै गएको वडाध्यक्ष राना मगरको भनाइ छ । सिराइचुलीसम्म पुग्न सिँढीसहितको बाटो निर्माण गरिएको छ। 

    सिराइचुलीको फेदसम्मै सडक पुगेको छ । पैदल दूरी छोटिँदा पर्यटकलाई आवतजावत गर्न सहज भएको छ । 

    हात्तीवाङमा हाल चार घरबास र एउटा होटल सञ्चालनमा छ । तर यहाँ आउने पाहुनाका लागि बास बस्न पर्याप्त नभएको घरबास सञ्चालक जगदिश्वर पुरी बताउछन् । 

    घरबासमा पाहुनाको रोजाइअनुसार स्थानीय परिकारसमेत खुवाउने गरिएको छ । 

    गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले पर्यटकको आगमन बढेसँगै घरबास सञ्चालन गर्न गाउँपालिकाले स्थानीयलाई प्रोत्साहन गर्न थालेको बताए । 

    अनुदानसहित स्थानीयलाई तालिमसमेत प्रदान गरिँदै आएको उनको भनाइ छ । 
       
    गाउँपालिकाले पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको वडा नम्बर २ मायाटार  आसपासमा रहेका घुर्केश, डाँडा गाउँलगायतका गाउँमा  पनि घरबास सञ्चालनको तयारी गरिरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार