images
images

सुनको मूल्यमा रेकर्ड ब्रेक : आज प्रतितोला कति पुग्यो ?

सुनको मूल्यमा रेकर्ड ब्रेक : आज प्रतितोला कति पुग्यो ?

शुक्रवार, जेठ २५ २०८१
शुक्रवार, जेठ २५ २०८१
  • सुनको मूल्यमा रेकर्ड ब्रेक : आज प्रतितोला कति पुग्यो ?

    काठमाडौँ / साताको अन्तिम कारोबार शुक्रबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । अघिल्लो कारोबार दिन बिहीबार मात्रै सर्वाधिक बढी प्रतितोला १ लाख ४४ हजार पुगेको सुनको भाउले शुक्रबार नै रेकर्ड ब्रेक गर्दै नयाँ रेकर्ड बनाएको हो । 

    images
    images

    शुक्रबार प्रतितोला १ हजार रुपैयाँले बढेको सुनको भाउ १ लाख ४५ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ३ सय रुपैयाँबाट बढेर १ लाख ४४ हजार ३ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा बढेपछि नेपाली बजारमा पनि सुन महँगिएको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ । 

    यता, चाँदी पनि प्रतितोला ५० रुपैयाँले बढेर १ हजार ९ सय रुपैयाँ पुगेको छ । यसअघि प्रतितोला १ हजार ८ सय ५० रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ९ सय रुपैयाँ पर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार