images
images

मौसम पूर्वानुमान : कोशी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित बर्षा र मधेशमा हावाहुरीको सम्भावना

मौसम पूर्वानुमान : कोशी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित बर्षा र मधेशमा हावाहुरीको सम्भावना

शुक्रवार, जेठ २५ २०८१
शुक्रवार, जेठ २५ २०८१
  • मौसम पूर्वानुमान : कोशी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित बर्षा र मधेशमा हावाहुरीको सम्भावना

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ। हाल कोशी प्रदेशमा आंशिक बदली भइरहेको छ भने थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ ।

    images
    images

    आज शुक्रबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    मधेश प्रदेशका एक-दुई स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ । 

    आज राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा बदली हुनेछ भने कोशी प्रदेशको थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

    शनिबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    शनिबार राति कोशी प्रदेशको थोरै  स्थानहरुमा तथा बांकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    कोशी प्रदेशका केही तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    मधेश प्रदेशका एक-दुई स्थानमा हावाहुरीको पनि सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार