images
images

नेपाल एसबिआई बैंक र फोनपेबीच सम्झौता, सीमापार भुक्तानीलाई सहज बनाउने

नेपाल एसबिआई बैंक र फोनपेबीच सम्झौता, सीमापार भुक्तानीलाई सहज बनाउने

बिहिवार, जेठ २४ २०८१
बिहिवार, जेठ २४ २०८१
  • नेपाल एसबिआई बैंक र फोनपेबीच सम्झौता, सीमापार भुक्तानीलाई सहज बनाउने

    काठमाडौँ / नेपाल एसबिआई बैंक र फोनपेबीच सीमापार भुक्तानीलाई सहज बनाउन सम्झौता भएको छ । 

    images
    images

    उक्त सझौतासँगै नेपाल भ्रमणमा आउने भारतीयले अब (UPI) आवद्ध एपहरू (PhonePe, BHIM UPI, Google Pay) प्रयोग गरी आफुले खरिद गरेका वस्तु तथा सेवाहरूको तत्काल भुक्तानी गर्न पाउने भएका छन् ।

    बैंकले Person-to-Merchant ( P2M) भुक्तानी च्यानल सञ्चालन गर्न फोनपेसँग सम्झौता गरेको हो । नेपाल एसबिआईको Fone Pay नेटवर्कसँग आवद्ध व्यापारीहरूले नगद लेनदेनको आवश्यकतालाई हटाउदै (UPI) भुक्तानीहरू सजिलै स्वीकार गर्न सक्ने जनाइएको छ ।

    सम्झौताले नगदरहित कारोवारलाई प्रबद्धन गर्ने र ग्राहकहरूलाई समग्र बैंकिङ अनुभव बढाउने लक्ष्य राखेको बैंकले उल्लेख गरेको छ । 

    उक्त सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार दे को उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कुमार पंडा र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले हस्ताक्षर गरेका थिए ।

    कार्यक्रममा बैंकका प्रमुख संचालन अधिकृत यादवेंद्र कांत, प्रमूख प्रविधि अधिकृत, सुनन्द मल्होत्रा, प्रमूख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल र फोनपेका प्रमुख व्यवसाय अधिकृत सुमित दास लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

    हाल बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट आफ्नो आन्तरिक तथा विश्वव्यापी नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार