images
images

आगामी तीन दिनसम्म कुनकुन प्रदेशमा छ मेघगर्जन र चट्याङ्गसहित बर्षा र हावाहुरीको सम्भावना ?

आगामी तीन दिनसम्म कुनकुन प्रदेशमा छ मेघगर्जन र चट्याङ्गसहित बर्षा र हावाहुरीको सम्भावना ?

मंगलवार, जेठ २२ २०८१
मंगलवार, जेठ २२ २०८१
  • आगामी तीन दिनसम्म कुनकुन प्रदेशमा छ मेघगर्जन र चट्याङ्गसहित बर्षा र हावाहुरीको सम्भावना ?

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। 

    images
    images

    कोशी, मधेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक हुने सम्भावना रहेको छ। कोशी, मधेश, बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

    मङ्गलबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    मङ्गलबार राति कोशी, मधेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा  बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    बुधबार दिउँसो कोशी, मधेश, बागमती  र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    कोशी, मधेश, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    बुधबार राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    बिहीबार दिउँसो कोशी, मधेश, बागमती,लुम्बीनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    सुदुरपश्चिम,कर्णाली र लुम्बीनी प्रदेशका एक-दुई स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    बिहीबार राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै  स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    मेघगर्जन र चट्याङ्गसहित बर्षा र हावाहुरीको सम्भावना रहेको स्थापनमा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार