images
images

पाँच महिनामा भित्रिए पाँच लाख पर्यटक, कुन देशबाट कति ?

पाँच महिनामा भित्रिए पाँच लाख पर्यटक, कुन देशबाट कति ?

पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२४ को मे महिनामा ९० हजार पर्यटक भित्रिएका छन्।

आइतवार, जेठ २० २०८१
आइतवार, जेठ २० २०८१
  • पाँच महिनामा भित्रिए पाँच लाख पर्यटक, कुन देशबाट कति ?

    काठमाडौँ / सन् २०२४ को मेसम्ममा पाँच लाख पर्यटक नेपाल भित्रिएक छन् । 

    images
    images

    पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२४ को मे महिनामा ९० हजार पर्यटक भित्रिएका छन्। यो संगै पाँच महिनाको अवधी (जनवरीदेखि मार्चसम्म) मा ५ लाख ६ हजार २८० पर्यटक नेपाल भित्रिएका हुन् ।

    कुन महिनामा कति ? 

    जनवरी– ७९ हजार एक सय
    फेब्रुअरी– ७९ हजार ४२६
    मार्च– एक लाख २८ हजार १६७
    अप्रिल– एक लाख ११ हजार ३७६ 
    मे – ९० हजार २११

    कुन देशबाट कति ? 

    नेपाल आउने पर्यटकमध्ये भारतीय पहिलो स्थानमा छन् । पछिल्लो पाँच महिना भारतबाट मात्र १ लाख ४८ हजार ८ सय ६१ पर्यटक नेपाल आएका छन् ।

    मे २०२४ मा मात्र भारतबाट ३८ हजार २ सय ८८ नेपाल आएका छन् । दोस्रो स्थानमा चिनियाँ छन् । पाँच महिनामा चीनबाट ४६ हजार ६ सय ७१ आएका छन् । मेमा मात्र ८ हजार ३ सय ८१ चिनियाँ नेपाल आएको आँकडा छ । जुन अघिल्लो वर्षको तुलनामा ७९.६ प्रतिशत धेरै हो ।

    अमेरिकाबाट पाँच महिनामा ४५ हजार ३ सय ७३ पर्यटक नेपाल आएको तथ्यांक छ । मे २०२४ मा अमेरिकाबाट ८ हजार ५ सय २७ नेपाल आएका छन् । अघिल्लो वर्ष यसै महिना अमेरिकाबाट ८ हजार ४ सय ५४ आएका थिए ।

    २०२४ मेमा बंगलादेशबाट अघिल्लो वर्षको तुलनामा ५९.८ प्रतिशत धेरै पर्यटक आएका छन् । त्यहाँबाट कुल ३ हजार ४ सय ५८ नेपाल भ्रमणमा आएको तथ्यांक छ ।

    बेलायतबाट यो महिनामात्र २ हजार ८ सय २ जना नेपाल आएका छन् । थाइल्यान्ड, म्यानमारजस्ता मुलुकबाट भने नेपालले अपेक्षित पर्यटक भित्र्याउन सकेको छैन ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार