images
images

आज देशभर बर्षा हुने, आगामी मङ्गलबारसम्म देशभरको मौसम कस्तो रहला ?

आज देशभर बर्षा हुने, आगामी मङ्गलबारसम्म देशभरको मौसम कस्तो रहला ?

आइतवार, जेठ २० २०८१
आइतवार, जेठ २० २०८१
  • आज देशभर बर्षा हुने, आगामी मङ्गलबारसम्म देशभरको मौसम कस्तो रहला ?

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तरप्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। 

    images
    images

    हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षा भैरहेको छ ।

    आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। 

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    गण्डकी तथा लुम्बिनी प्रदेशका एक दुई स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

    देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

    आइतबार राति कोशी, मधेश र बागमती प्रदेशको थोरै स्थानहरूमा तथा  बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

    सोमबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    लुम्बिनी प्रदेशको एक दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ । 

    देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

    सोमबार राति कोशी, मधेश र गण्डकी प्रदेशको थोरै स्थानहरुमा तथा  बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    मङ्गलबार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    गण्डकी तथा लुम्बिनी प्रदेशका एक दुई स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    मङ्गलबार राति कोशी र मधेश प्रदेशको थोरै स्थानहरूमा तथा  बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    कोशी, मधेश, बागमती, लुम्विनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार