images
images

आज कोशी र बागमती प्रदेशमा मेघगर्जन र चट्याङसहित बर्षा हुने, देशका प्रमुख शहरको तापक्रम कति ?

आज कोशी र बागमती प्रदेशमा मेघगर्जन र चट्याङसहित बर्षा हुने, देशका प्रमुख शहरको तापक्रम कति ?

शनिवार, जेठ १९ २०८१
शनिवार, जेठ १९ २०८१
  • आज कोशी र बागमती प्रदेशमा मेघगर्जन र चट्याङसहित बर्षा हुने, देशका प्रमुख शहरको तापक्रम कति ?

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तरप्रदेशदेखि पश्चिम बांग्लादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। 

    images
    images

    हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम  मुख्यतया सफा रहेको छ। 

    कोशी प्रदेश एक-दुई स्थानमा मेघगर्जन र चट्याङ, हावाहुरीसहित हल्का वर्षा भैरहेको छ । काठमाडौँको अधिकतम  तापक्रम आज ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने छ । 

    त्यस्तै, आज धनगढी र नेपालगञ्जको तापक्रम ४१ देखि ४३ डिग्री सेल्सियस, विरेन्द्रनगरको ३९ देखि ४१ डिग्री सेल्सियस, भैरहवाको ३८ देखि ४० डिग्री सेल्सियस, पोखराको ३२ देखि ३४ डिग्री सेल्सियस, हेटौडाको ३४ देखि ३६ डिग्री सेल्सियस, ओखलढुङ्गाको २७ देखि ३९ डिग्री सेल्सियस, जनकपुरको ३५ देखि ३७ डिग्री सेल्सियस र विराटनगरको ३२ देखि ३४ डिग्री सेल्सियसका बिच रहने विभागको पूर्वानुमान छ । 

    विभागको पूर्वानुमान अनुसार आज दिउँसो कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आज राति कोशी, मधेश  र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा  बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    आइतबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। 

    कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आइतबार राति कोशी र बागमती प्रदेशको थोरै स्थानहरुमा तथा  बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

    सोमबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    सोमबार राति कोशी प्रदेशको थोरै स्थानहरुमा तथा  बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार