images
images

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो ?

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो ?

शुक्रवार, जेठ १८ २०८१
शुक्रवार, जेठ १८ २०८१
  • सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो ?

    काठमाडौँ / सुनको मूल्य शुक्रबार पनि उकालो लागेको छ । केही दिन यता निरन्तर उकालो लागेको सुनको मूल्यले आज नेपाली बजारमा यस अघिको रेकर्ड ब्रेक गर्दै हालसम्मकै उच्च कायम भएको हो । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेको हो । यसअघि गत जेठ ७ गते सुनको भाउ सबैभन्दा उच्च १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो । त्यसयता घटेर १ लाख ३६ हजार ९ सय रुपैयाँसम्ममा झरेको सुनको भाउ मङ्गलबारदेखि पुनः उकालो लागेको हो । 

    बिहीबार एकै पटक प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आज १ हजार ७ सय रुपैयाँले वृद्धि भएको हो । 

    यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १ हजार ७ सय रुपैयाँले नै बढ्दै १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    यता चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँले घट्दै १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 
     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार