images
images

आज पाँच ओटा प्रदेशको पहाडी भूभागका मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना

आज पाँच ओटा प्रदेशको पहाडी भूभागका मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना

शुक्रवार, जेठ १८ २०८१
शुक्रवार, जेठ १८ २०८१
  • आज पाँच ओटा प्रदेशको पहाडी भूभागका मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ।

    images
    images

    हाल कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम  मुख्यतया सफा रहेको छ। कोशी प्रदेश एक-दुईस्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भैरहेको छ ।

    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा मधेश प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागका  एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

    कोशी, बागमती  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। 

    शनिबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेश  लगायत देशको पहाडी भूभागमा बदली रहने सम्भावना छ। 

    कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    शनिबार राति कोशी, मधेश  र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा  बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। 

    आइतबार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

    देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आइतबार राति कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा बर्षाको सम्भावना रहेको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार