images
images

सुनको मूल्य तोलामा २३ सय रुपैयाँ महँगियो, अब प्रतितोला कति पुग्यो ?

सुनको मूल्य तोलामा २३ सय रुपैयाँ महँगियो, अब प्रतितोला कति पुग्यो ?

बिहिवार, जेठ १७ २०८१
बिहिवार, जेठ १७ २०८१
  • सुनको मूल्य तोलामा २३ सय रुपैयाँ महँगियो, अब प्रतितोला कति पुग्यो ?

    काठमाडौँ / स्थानीय बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य उकालो लागेको छ । बुधबारको तुलनामा आज सुन प्रतितोला २ हजार ३ सयले वृद्धि भएको हो ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला १ लाख ३८ हजार २ सयमा कारोबार भएको छापावाला सुन बढेर आज १ लाख ४० हजार ५ सय निर्धारण भएको छ ।

    यसैगरी, तेजाबी सुन बुधबार तोलामा १ लाख ३७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएकोमा आज बढेर यो १ लाख ३९ हजार ८ सयमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा २ हजार २ सय ५० रुपैयाँले वृद्धि भएको हो ।

    यसैगरी चाँदीको मूल्य तोलामा ७० ले घटेको भएको महासङ्घले जनाएको छ । बुधबार १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर १ हजार ९ सय रुपैयाँ कायम भएको हो ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार