images
images

स्थानीय वायु र न्यून चापीय प्रणालीको प्रभाव : आगामी तीन दिनसम्म देशभरको मौसम कस्तो रहला ?

स्थानीय वायु र न्यून चापीय प्रणालीको प्रभाव : आगामी तीन दिनसम्म देशभरको मौसम कस्तो रहला ?

आइतवार, जेठ १३ २०८१
आइतवार, जेठ १३ २०८१
  • स्थानीय वायु र न्यून चापीय प्रणालीको प्रभाव : आगामी तीन दिनसम्म देशभरको मौसम कस्तो रहला ?

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। 

    images
    images

    गण्डकी र लुम्बिनी प्रदेशलगायत आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहेको छ । 

    गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरुमा, लुम्बिनी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का  मध्यम वर्षा भैरहेको छ ।

    आइतबार दिउँसो कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको छ। 

    आइतबार राति कोशी, मधेश, बागमती, गण्डकी  र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि बदली रहनेछ । 

    कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित मध्यम बर्षा तथा मधेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

    सोमबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रहने छ। 

    कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

    सोमबार राति कोशी प्रदेशमा पूर्ण बदली, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक बदली रहने छ। 

    कोशी प्रदेशका केही स्थानहरूमा, गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित मध्यम बर्षा तथा पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

    मङ्गलबार कोशी प्रदेशमा पूर्ण बदली, मधेश, बागमती, गण्डकी प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ । 

    कोशी र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित मध्यम बर्षा तथा मधेश प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

    मङ्गलबार राति कोशी प्रदेशमा पूर्ण बदली, मधेश र बागमती प्रदेश लगायत बाँकी पहाडी भूभागमा बदली रहनेछ । 

    कोशी प्रदेशका केही स्थानहरूमा र मधेश प्रदेशलगायतका पहाडी भूभागमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम बर्षा  सम्भावना रहेको छ। 

    उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

    मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित मध्यम वर्षाको सम्भावना र हल्का हिमपातको सम्भावना रहेको क्षेत्रमा आवश्यक सतर्कता अपनाउनु मौसमविद्ले अनुरोध गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार