images
images

लुम्बिनीमा प्रधानमन्त्री प्रचण्ड : लुम्बिनी क्षेत्रको अवलोकन र स्थानीयसँग अन्तर्क्रिया गर्दै

लुम्बिनीमा प्रधानमन्त्री प्रचण्ड : लुम्बिनी क्षेत्रको अवलोकन र स्थानीयसँग अन्तर्क्रिया गर्दै

बिहिवार, जेठ १० २०८१
बिहिवार, जेठ १० २०८१
  • लुम्बिनीमा प्रधानमन्त्री प्रचण्ड : लुम्बिनी क्षेत्रको अवलोकन र स्थानीयसँग अन्तर्क्रिया गर्दै

    लुम्बिनी / आज २५६८ औँ बुुद्धजयन्ती एवं लुम्बिनी दिवस । बुद्ध जन्मस्थल लुम्बिनीमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह हुँदैछ ।प्रधानमन्त्री  ‘प्रचण्ड’ले लुम्बिनी क्षेत्रको अवलोकन गर्नुअगाडि ध्यान गरेका थिए । 

    images
    images

    लुम्बिनी दिवसका अवसरमा लुम्बिनी क्षेत्रको अवलोकन गर्नुका साथै लुम्बिनी आएका पर्यटकहरूसँग सामूहिक तस्बिरसमेत खिचाएका थिए । साथै, उनले स्थानीय बासिन्दासँग अन्तरक्रिया समेत गरेका थिए । 

    बुद्धजयन्ती बौद्ध सम्प्रदायको मात्र नभई सबैको साझा उत्सव भएको बताउँदै लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले पवित्र लुम्बिनीको विकास गर्ने आफ्नो सङ्कल्प सुनाउँदै त्यस निम्ति समाजका सबै वर्गको सहयोग अपरिहार्य भएको बताए । 

    Lumbini inprachanda (2).jpg

    विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषका अध्यक्ष एंव संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरासहितका उच्चअधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी लुम्बिनीमा आएको उनले जानकारी दिए ।  

    Lumbini inprachanda (3).jpgकोषका कोषाध्यक्ष तथा प्रचारप्रसार व्यवस्थापन उपसमितिका संयोजक ढुण्डिराज भट्टराईले लुम्बिनीसहित रामग्राम, कपिलवस्तु र देवदहमा विविध कार्यक्रम आयोजना गरिने बताए। बुधबार साँझ भारतीय दूतावाससँगको साझेदारीमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । हिजो साँझ देखि नै मायादेवी मन्दिरमा  महापरित्राण पाठ जारी छ ।

    Lumbini inprachanda (4).jpg

    आज बिहान अन्तर्राष्ट्रिय भिक्षु भिक्षुणीहरूको सहभागितामा प्रार्थनासभा तथा शोभायात्रा भएको छ । लुम्बिनीबाट आजै नेपाल, भारत र श्रीलङ्का त्रिदेशीय मोटरसाइकल यात्रासमेत प्रारम्भ गर्ने कार्यक्रम रहेको कोषाध्यक्ष भट्टराईले बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार