images
images

स्थानीय र पश्चिमी वायुको प्रभाव : कोशी, मधेश र बाग्मती प्रदेशमा भारी बर्षाको सम्भावना

स्थानीय र पश्चिमी वायुको प्रभाव : कोशी, मधेश र बाग्मती प्रदेशमा भारी बर्षाको सम्भावना

सोमवार, जेठ ७ २०८१
सोमवार, जेठ ७ २०८१
  • स्थानीय र पश्चिमी वायुको प्रभाव : कोशी, मधेश र बाग्मती प्रदेशमा भारी बर्षाको सम्भावना

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार  नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, मधेश, लुम्बिनी,  कर्णाली  प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । 

    images
    images

    मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।

    सोमबार कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। 

    देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    मङ्गलबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशको पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशको पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    कोशी, मधेश र बाग्मती प्रदेशको एक-दुई स्थानमा भारी वर्षको पनि सम्भावना र हल्का हिमपातको सम्भावना भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार