images
images

एक दिनमै ५० युनिट बीवाईडी ईभी डेलिभरी, ७ वर्ष पुरानो बीवाईडी ई६ सार्वजनिक

एक दिनमै ५० युनिट बीवाईडी ईभी डेलिभरी, ७ वर्ष पुरानो बीवाईडी ई६ सार्वजनिक

आइतवार, जेठ ६ २०८१
आइतवार, जेठ ६ २०८१
  • एक दिनमै ५० युनिट बीवाईडी ईभी डेलिभरी, ७ वर्ष पुरानो बीवाईडी ई६ सार्वजनिक
    images
    images

    काठमाडौँ / नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एक दिनमै ५० युनिट अत्याधुनिक प्रविधिका बीवाईडी ईभी डेलिभरी गरेको छ । 

    शनिबार काठमाडौँको गुहेश्वरीमा अवस्थित र हालै पुनर्निर्मित बीवाईडी सर्भिस सेन्टरमा सो ऐतिहासिक इभेन्ट सम्पन्न भएको हो । 

    उत्साह र प्रतीक्षाले भरिएको सो इभेन्टमा उत्सुक ग्राहकहरुलाई बीवाईडी एट्टो ३ र बीवाईडी डल्फिन ईभी डेलिभरी गरेको कम्पनीले बताए । यसले नेपालमा दिगो र वातावरणमैत्री यातायात समाधान तर्फ उदाहरणीय परिवर्तनको संकेत गरेको छ । 

    अटोमोटिभ उद्योगमा भएको नवप्रवर्तन र प्रगतिशिलतालाई उत्साहपूर्वक मनाउनका लागि उच्चतम मापदण्डहरुमा पुनर्निर्मित बीवाईडी सर्भिस सेन्टरले एउटा उपयुक्त स्थलको रुपमा कार्य गरेको छ । 

    सो अवसरमा रोड साइड असिस्टेन्स (आरएसए) भेइकलको रुपमा बीवाईडी ई६ समेत सार्वजनिक गरियो, जुन पहिलो पटक २०१७ मा भित्रिएको थियो । 

    बीवाईडी ईभी प्रयोगकर्ताहरुका लागि आवश्यक सपोर्ट र सर्भिस प्रदान गर्ने सन्दर्भमा साइमेक्सको अडिग प्रतिबद्धतालाई यसले प्रमाणित गरेको छ । 

    निर्वाध र रमाइलो ड्राइभिङ अनुभवलाई सुनिश्चित गर्न तथा ग्राहक सन्तुष्टि र सुरक्षाका लागि समेत यसले महत्वपूर्ण भूमिका खेल्ने छ । 

    ‘सर्भिस सेन्टरबाट ५० बीवाईडी गाडी डेलिभरी गरेर र ७ वर्ष पुरानो बीवाईडी गाडीलाई डेडिकेटेड आरएसए भेइकलको रुपमा परिचित गराएर साइमेक्स इंकले यो क्षेत्रमा नयाँ आयाम थपेको छ ।

    साइमेक्स इंक ग्राहक सेवालाई थप मूल्यवान बनाउनमा अडिग रुपमा प्रतिबद्ध छ भन्ने तथ्यलाई यसले पुनःपुष्टि गरेको छ,’ साइमेक्स इंकका सर्भिस हेड सुशिल तण्डुकारले भने, ‘अत्याधुनिक ईभी प्रविधि र दिगो मोबिलिटी सोलुसनको पहुँच ग्राहकमाझ पुयाउने हाम्रो अडिग प्रतिबद्धतालाई यसले दर्शाउछ । आरएसए भेइकलको परिचयसँगै बीवाईडी ग्राहकहरुलाई देशभर व्यापक सपोर्ट र सर्भिस प्रदान गर्ने कम्पनीको समग्र दृष्टिकोणलाई यसले अझै बलियो बनाएको छ । यससँगै नेपालमा यातायातको भविष्य निर्माण गर्नमा महत्वपूर्ण भूमिका खेल्न पाएकोमा हामी गौरवान्वित छौ ।’ 

    बीवाईडी डल्फिन र बीवाईडी एट्टो ३ एड्भान्स्ड फिचर, सुपेरियर पर्फमेन्स र अत्याधुनिक प्रविधिका लागि लोकप्रिय छन् र ग्राहकलाई अद्वितीय ड्राइभिङ अनुभव प्रदान गर्न तथा वातावरण संरक्षण गर्नमा महत्वपूर्ण भूमिका खेल्न सक्षम छन् । 

    यी गाडी इनर्जी एफिसियन्ट समेत छन् । इलेक्ट्रिक मोबिलिटी सोलुसन उपलब्ध गराई यसको प्रयोग बढाउन भूमिका खेलेर साइमेक्स इंकले नेपाललाई अझै सफा र हरियाली बनाउने लक्ष्य लिएको छ । 

    सफलतापूर्वक एकै दिनमा ५० बीवाईडी ईभी डेलिभरी गरेर साइमेक्स इंकले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ र आफूलाई नेपालमा दिगो यातायात समाधान गर्ने कार्यमा एक लिडरको रुपमा उभ्याएको छ । 

    यस प्रकारका नवप्रवर्तन र ग्राहक केन्द्रीत अभियानमार्फत साइमेक्स इंक आगामी दिनमा समेत देशमा सकारात्मक परिवर्तन ल्याउन र मोबिलिटीको भविष्य निर्माण गर्न सधै प्रतिबद्ध रहने छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार