images
images

फेरि नयाँ उचाइमा सुनको मूल्य, आज प्रतितोला कतिमा गर्न सकिन्छ कारोबार ?

फेरि नयाँ उचाइमा सुनको मूल्य, आज प्रतितोला कतिमा गर्न सकिन्छ कारोबार ?

आइतवार, जेठ ६ २०८१
आइतवार, जेठ ६ २०८१
  • फेरि नयाँ उचाइमा सुनको मूल्य, आज प्रतितोला कतिमा गर्न सकिन्छ कारोबार ?

    काठमाडौँ / साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउले यसअघको सबै रेकर्ड ब्रेक गर्दै प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँ पुगेको छ । 

    images
    images

    यसअघि बिहीबार नेपाली बजारमा सुनको भाउ सबैभन्दा बढी प्रतितोला १ लाख ४० हजार रुपैयाँ निर्धारण गरिएको थियो । शुक्रबार रकेर्ड मूल्यबाट प्रतितोला ७ सय रुपैयाँ घटेर कारोबार भएको बजार शनिबार बिदापश्चात आइबार खुल्दा प्रतितोला ६ सय रुपैयाँले बढेको हो । 

    अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि पनि मूल्य बृद्धि भएको महासङ्घले जनाएको छ । आज तेजावी सुन भने प्रतितोला १ लाख ४० हजार २ सय रुपैयाँ कायम भएको छ । 

    यता, चाँदीको मूल्यमा पनि यसअघिको रकेर्ड ब्रेक गर्दै नयाँ रेकर्ड बनाएको छ । अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९ सय १० पुगेको महासङ्घले जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार