images
images

द नेपाल डिस्टीलरिजद्वारा बालाजु क्षेत्रमा पोल र सडक बत्ति जडान

द नेपाल डिस्टीलरिजद्वारा बालाजु क्षेत्रमा पोल र सडक बत्ति जडान

बुधवार, जेठ २ २०८१
बुधवार, जेठ २ २०८१
  • द नेपाल डिस्टीलरिजद्वारा बालाजु क्षेत्रमा पोल र सडक बत्ति जडान
    images
    images

    काठमाडौँ / लोकप्रिय नेपाली मदिरा ‘खुकुरी रम’ तथा न्यूड भोड्काको उत्पादक ‘दि नेपाल डिस्टीलरिज’ले काठमाडौँस्थित बालाजु क्षेत्रमा पोल र सडक बत्ति जडान गरेको छ । ‘दि नेपाल डिस्टीलरिज’ले काठमाडौँ महानगरपालिकाको वडा नम्बर १६ को बालाजुस्थित केही सडक क्षेत्रमा पोल तथा सडक बत्ति जडान गरेको हो । 

    कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालाजु क्षेत्रको सडकलाई थप सुरक्षित बनाउन तथा सो क्षेत्रको सौन्दर्यीकरणका लागि यस्तो सहयोग गरेको हो । सडक बत्तिको व्यवस्था भएसँगै बालाजु सडक क्षेत्र उज्यालो भएको छ । व्यवस्थित सडक बत्तिले सो क्षेत्रको सौन्दर्य र सुरक्षामा समेत अभिवृद्धि गर्ने कम्पनीको विश्वास छ । 

    स्थानीय समुदाय यस पहलबाट धेरै लाभान्वित भएका छन् । खुकुरी रमको उत्पादक दि नेपाल डिस्टीलरिजका महाप्रबन्धक सुभाष लामिछानेले यो कार्यले कम्पनी र स्थानीयबीच सम्बन्ध प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । 

    वडानम्बर १६ का कार्यबाहक वडाध्यक्ष पुष्प महर्जनले दि नेपाल डिस्टीलरिजको सहयोगप्रति आभार प्रकट गरे । उनले भने, “सामुदायिक प्रतिनिधिको हैसियतमा बालाजु सडक क्षेत्रमा हाम्रो सहयोगमा पोलसहितका सडकबत्ती जडान भएको देखेर हामी खुशी छौँ । यस पहलले निःसन्देह यस क्षेत्रकोसौन्दर्य र सुरक्षा बढाउनेछ । हामीलाई विश्वास छ कि यसले हाम्रो उद्योग समेत रहेको क्षेत्रका बासिन्दाका लागि थप जीवन्त र स्वागतयोग्य वातावरण सिर्जना गर्नेछ । हामी यसको सकारात्मक प्रभावको अपेक्षा पनि गर्दछौँ ।”  

    नेपाल डिस्टिलरिज प्राइभेट लिमिटेड सन् १९५९ मा स्थापित पहिलो नेपाली डिस्टिलरी हो । आइएसओ ९००१ : २०१५ प्रमाणित कम्पनीले नेपालमा विश्वभर सर्वाधिक रूचाइने खुकुरी रम उत्पादन गर्दछ । 

    यसबाहेक न्यूड भोड्का, कर्द, एरिस्टोक्र्याट लगायतका स्पिरिट पनि उत्पादन गर्दै आएको छ । खुकुरी रम स्वदेशमा नेपालभर उपलब्ध छ भने जापान, दक्षिण कोरिया, हङकङ, इटाली, संयुक्त राज्य अमेरिका र दुबइलगायतका विदेशमा निर्यात गरिन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार