images
images

सुनको भाउ प्रतितोला ७ सय रुपैयाँ घट्दा महँगियो चाँदी

सुनको भाउ प्रतितोला ७ सय रुपैयाँ घट्दा महँगियो चाँदी

मंगलवार, जेठ १ २०८१
मंगलवार, जेठ १ २०८१
  • सुनको भाउ प्रतितोला ७ सय रुपैयाँ घट्दा महँगियो चाँदी

    काठमाडौँ / मङ्गलबार नेपाली बजारमा सुनको भाउ घट्दा चाँदीको भाउ भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज छापावाल सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घटेको हो ।

    images
    images

    यसअघि छापावाल सुन प्रतितोला १ लाख ३८ हजार १ सय रुपैयाँमा कारोबार भएकोमा आज घटेर १ लाख ३७ हजार ४ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ४ सय ५० रुपैयाँ रहेकोमा आज घटेर १ लाख ३६ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।

    यता, चाँदीको भाउ भने बढेको छ । यसअघि प्रतितोला १ हजार ७ सय १५ रुपैयाँ रहेको चाँदीको भाउ आज २५ रुपैयाँले बढेर १ हजार ७ सय ४० रुपैयाँ पुगेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार