images
images

आगामी तीन दिनको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित बर्षाको सम्भावना

आगामी तीन दिनको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित बर्षाको सम्भावना

मंगलवार, जेठ १ २०८१
मंगलवार, जेठ १ २०८१
  • आगामी तीन दिनको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित बर्षाको सम्भावना

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

    images
    images

    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा मधेश र बाँकी पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

    देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    भोलि बुधबार कोशी प्रदेशको थोरै तथा बागमती, गण्डकी लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

    कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। बिहीबार देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। 

    कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

    कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आज वर्षा र हिमपातको सम्भावना रहेको क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार