images
images

आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना, कुन स्थानमा कति पर्ला पानी ?

आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना, कुन स्थानमा कति पर्ला पानी ?

सोमवार, बैशाख ३१ २०८१
सोमवार, बैशाख ३१ २०८१
  • आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना, कुन स्थानमा कति पर्ला पानी ?

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाएको छ । राष्ट्रिय मनसुन फोरम, २०८१ ले आगामी मनसुनी अवस्थाबारे आज आयोजित सार्वजनिक कार्यक्रममा विभागमा मौसमविद् सुदर्शन हुमागाईँले अधिकांश स्थानमा सरदरभन्दा ३५ दशमलव चार प्रतिशतदेखि ५५ दशमलव चार प्रतिशत अधिक वर्षा हुने सम्भावना रहेको जानकारी दिए । 

    images
    images

    सुदुरपश्चिम प्रदेशको उत्तरी-पश्चिम भूभाग, बागमति प्रदेशको दक्षिण-पूर्वी भूभाग, मधेस प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्य-पश्चिम भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ दशमलव चार प्रतिशतदेखि ६५ दशमलव पाँच प्रतिशत छ ।

    साथै, कर्णाली प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशको मध्य भूभाग तथा कोशी प्रदेशको उत्तर-पूर्वी भूभागमा सरदर रहने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।

    त्यस्तै, न्यूनतम तापक्रम देशका अधिकांश स्थानमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ दशमलव चार प्रतिशत रहेको विभागको अनुमान छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार