images
images

प्रभु इन्स्योरेन्सको अध्यक्षमा व्यवसायी राजेन्द्र मल्ल, कम्पनीको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने योजना

प्रभु इन्स्योरेन्सको अध्यक्षमा व्यवसायी राजेन्द्र मल्ल, कम्पनीको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने योजना

सोमवार, बैशाख ३१ २०८१
सोमवार, बैशाख ३१ २०८१
  • प्रभु इन्स्योरेन्सको अध्यक्षमा व्यवसायी राजेन्द्र मल्ल, कम्पनीको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने योजना

    काठमाडौँ / प्रभु इन्स्योरेन्स्को अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । प्रभु इन्स्योरेन्सको २८ औँ वार्षिक साधारणसभाले मल्ललाई अध्यक्षमा चयन गरेको हो । निर्जिवन बीमा व्यवसायी संघका अध्यक्ष समेत रहेका मल्ल प्रभु इन्स्योरेन्सको अध्यक्ष चयन भएका हुन् ।

    images
    images

    इन्स्योरेन्सको सदस्यहरुमा सञ्चालकहरुको तर्फबाट मिजास भट्टचन, राहुल ठोकर लामा, शान्ता गौतम चयन भएका छन् । यस्तै, सर्वसाधरण सेयर धनीका तर्फबाट रामेश्वर सापकोटा र साङ्गे लामा चयन भएको कम्पनीले जनाएको छ । 

    नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष समेत रहेका मल्ल निर्जिवन व्यवसायको क्षेत्रमा लामो समयदेखि संलग्न छन् । उनले अन्य विभिन्न व्यवसायिक संघ, संस्था तथा कम्पनीको नेतृत्व गरिरहेका छन् । 

    प्रभु इन्स्योरेन्सको व्यवसायिक क्षमता अभिवृद्धिका लागि आफ्नो कार्यकालमा थप योजना अघि बढाउने अध्यक्ष मल्लले बताए । निर्जिवन बीमा क्षेत्रमा जनचेतना अभिवृद्धि एवं व्यवसायिक हितका लागि आफुले पहल गर्ने अध्यक्ष मल्लको भनाई छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार