images
images

ठगिएकालाई न्याय र २४ करोड ६७ लाख बढी राहत दिएको वैदेशिक रोजगार विभागको दाबी

ठगिएकालाई न्याय र २४ करोड ६७ लाख बढी राहत दिएको वैदेशिक रोजगार विभागको दाबी

शुक्रवार, माघ ११ २०८१
शुक्रवार, माघ ११ २०८१
  • ठगिएकालाई न्याय र २४ करोड ६७ लाख बढी राहत दिएको वैदेशिक रोजगार विभागको दाबी
    images
    images

    काठमाडौँ / वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्य बहादुर खत्रीले वैदेशिक रोजगारीमा ठगिएको व्यक्तिहरूको मुद्दा न्याय दिने काम गरेको बताए । 
    वैदेशिक रोजगार विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा ६ महिनामा प्राप्त गरेको उपलब्धी राख्दै उद्धार, राहतमा पीडितहरूलाई प्राथमिकता दिदै  पीडितहरूलाई न्याय दिने काम गरेको बताएका हुन् ।    

    उनले भने, “हामीले वैदेशिक रोजगारीमा ठगिएको व्यक्तिहरूको मुद्दामा न्याय दिने काम गरेको छौँ । न्याय दिने काम पहिलो प्राथमिकता हो । ६ महिनाको तुलना गर्दा उद्धार तथा राहतमा पीडितहरूलाई प्राथमिकता दिनुपर्छ भन्ने कुरामा अहिलेको टिमले काम गरिरहेको छ ।

    विगत ६ महिना पहिले १४ करोड ९१ लाख ८६ हजार राहत तथा क्षतिपूर्ति बापत पीडितले प्राप्त गरेका थिए । अहिले विगतको ६ महिनापछि तुलनागर्दा झण्डै ११ करोड बढी देखिएको छ । २४ करोड ६७ लाख ३२ हजार ६ सय ६० रुपैँया राहत तथा क्षतिपूर्ति बापत पीडितहरूको लागि भनेर विभागबाट उपलब्ध गराएको छौ । कहिलेकाहीं विभागमा न्याय पाइएन भन्दै सन्देश जान सक्छ तर क्षतिपूर्ती भराउने काम गरेका छौँ ।”

    उनले विगत ६ महिना यता विभिन्न इजाजत प्राप्त संस्थाहरूको अनुगमन गरी कारवाही गरेको पनि बताए ।   उनले भने, “६ महिनामा ५८ वटा इजाजत प्राप्त संस्थाहरूको अनुगमन गरेका छौ । उजुरीसँग जोडिएका बिषयहरू, स्वीकृति नलिइ अन्तरवार्ता लिइरहेका, कतै एक ठाउँको स्वीकृति लिएर अर्कै ठाउको लागि पैसा उठाएका केसहरूको उजुरी आउँदा ५८ वटा संस्थाहरूको अनुगमन गरेका छौँ । कारोबार बन्द हुनेगरी ५६ वटा संस्थाहरूलाई कारवाही गरेका छौँ ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार